AArya
animated ellipse animated ellipse

प्रदेशमा बेरूजु शून्यमा ल्याउन कुनै सम्झौता गर्दिन : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ पुष २०८०, बिहीबार १७:५६
162
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा अहिले देखिएको बेरूजु शून्यमा ल्याउन र वित्तीय अनुशासन कायम गर्ने विषयमा कुनै सम्झौता नहुने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महालेखा परीक्षकको कार्यालयले आज आयोजना गरेको लेखा परीक्षण, बेरुजु फर्छ्यौट तथा सम्परीक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशमा वित्तीय अनुशासन कायम गर्नका लागि आफूले ढुंगाको मुटु बनाएकोले यश विषयमा सबैलाई त्यही अनुसार काम गर्नुको विकल्प नरहेको बताएका हुन् ।

ऋण मुक्त गर्ने हिम्मतका साथ अहिले ऋणमा डुबेको प्रदेश सकारको नेतृत्व लिएको छु उनले भने । वित्तीय उत्तरदायित्व निर्वाह गर्ने गरी काम गर्न हरेक मन्त्रालयमा निर्देशन दिएकोले यो विषयमा कसैले कुनै प्रश्न उठाएर कुनै किसिमको बहानाबाजी गर्ने छुट पाउँदैन ।

प्रदेशमा देखिएको बेरूजु कसैले खाएर भागेको नभई बेवास्ता गरेर भएको मुख्यमन्त्री कार्कीको भनाइ थियो । ‘नियम कानुन मानेर काम नगर्ने हो भने वित्तीय अनुशासन हुन्छ त ? उनले भने, । प्राप्त अधिकार उपयोग गरेर राज्य संरचना सञ्चालन हुन्छ, कोशी सरकारमा कसैलाई नाता सम्बन्ध, राजनीतिक नेतृत्वको दबाबमा परेर कुनै किसिमको नियम, कानून विपरित गलत काम गर्न मिल्दैन । ‘

बेरुजुको तथ्याङ्क मात्रै सार्वजनिक गरेर बस्यौँ भने जिम्मेवारी कसले लिन्छ त्यसैले सबै जना जिम्मेवारी निर्वाह गरेर बेरूजुलाई शून्यमा पुर्याउनै पर्ने मुख्यमन्त्री कार्कीले बताएका छन् । एक जना कर्मचारीले खर्च गरेर गएको योजनाको कागजात पुर्याउने जिम्मेवारी अर्का कर्मचारीले नलिएर बेरुजु बढेको हो । प्रदेश सरकारको बेरुजु बढ्यो भनेर मात्रै तथ्यांक देखाएर बदनाम गराउने काम मात्रै गर्न मिल्छ ? के के मा र के के कारणले बेरुजु भयो भनेर पनि महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गर्नुपर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर