RUMPUM
animated ellipse animated ellipse

केही नयाँ कार्यक्रम राखेर सन्तुलित बजेट आयो : अध्यक्ष राजेन्द्र राउत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ जेष्ठ २०८१, मंगलवार २०:३८
108
Shares
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले केही नयाँ कार्यक्रम राखेर सन्तुलित तरीकाको आगमी आर्थिक वर्षको लागि बजेट आएको बताएका छन् ।

आज अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षका लागि बजेट प्रस्तुत गरेपछि त्यसमाथि प्रतिक्रिया दिँदै अध्यक्ष राउतले सवै कुरा समेट्ने कोसिस गरिएको भए पनि बजेटमा केही नयाँ र राम्रा कार्यक्रमहरु आएको बताएका हुन् । ‘बजेटको आकार गतवर्षभन्दा बढाईएको छ । जवकी गत वर्ष विनियोजन गरेको बजेट नै खर्च हुन सकेको छैन । अर्कोतर्फ लक्ष्य अनुरुप राजश्व संकलन हुन नसकेर बजेटको आकार घटाइएको छ । तैपनि बजेटमा गरिएका केहि प्रावधानहरु सकारात्मक देखिएका छन्,’ अध्यक्ष राउतले भने, ‘अहिलेनै पुरै अध्ययन नगरी सवै कुराको प्रतिक्रिया दिन गाह्रो छ ।’

कृषि लगानीमा १० दशक घोषणा कार्यक्रम, आर्थिक सुधार सुझाव आयोग, आइटीको विकासमा स्वदेशी सफट्वेयरलाई प्राथमिकता दिने, पर्यटकीय गन्तव्यको प्रोफाइल तयार पारिने, जनकपुरलाई वैडिंग हव बनाउने कुरा राम्रो रहेको उनले बताए । यसैगरी स्टार्टअपको बोर्ड गठन र १ अर्वको कोष खडा गर्ने, विराटनगरमा क्रिकेट रंगशाला निर्माणलाई गौरवको आयोजनामा राख्ने कार्यक्रम राम्रो रहेको उनले बताए । उधारो कानून सम्वन्धी निर्माण गर्ने, २०८१– ८२ लाई आर्थिक सुधार वर्ष घोषणा गर्ने, आलु प्याज लगायत कृषि वस्तुमा मुअकर खारेज गर्ने र स्वदेशी उद्योगको संरक्षण गर्न केहि तयारी वस्तुको पैठारी महसूल र अन्तःशुल्क वृद्धि गरिने सकारात्मक देखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर