खबर पूर्वाञ्चल
विराटनगर / १०४ वर्ष लामो निरङ्कुश राणा शासनअन्त्यभई प्रजातन्त्र स्थापनाभएको दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ ।
विभिन्न वक्तव्य र भाषणमा सीमित हुने दिवसलाई प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले श्रमदान गरी मनाएका छन् । विराटनगरमा निर्माणाधीन सम्पन्न बस्ती महानगर आवास परियोजनामा उनले श्रमदान रेका हुन् ।जनताका आधारभूत आवस्यक्ता गाँस,बास र कपासलाई सुनिश्चित गर्ने सन्देशका रूपमा दिवस मनाएको उनले बताए । उनले भने ‘आजको दिनलाई हामीले भाषण गर्ने दिनका रूपमा लिएका छौँ । उत्सवका रूपमा मनाउँछौँ, तर पनि नागरिकका गाँस, बास, कपास, आर्थिक स्वतन्त्रता, मानव अधिकारको रक्षा गर्नलाई पनि सरकारको ध्यान जानुपर्छ र त्यसै अनुसार दिवस फरक ढङ्गले मनाएको हुँ ।’
सरकार जनतासँग प्रत्यक्ष सम्पर्कमा रहनु पर्ने उल्लेख गर्दै जनताका हरेक काम अगर्ने उनको भनाई छ । सम्पन्न बस्तीमा एक सय ४५ घर निर्माणाधीन अवस्थामा रहेका छन् । विपन्न नागरिकलाई सम्पन्न बनाउनकालागि रोजिहिरा फाउण्डेसन र हामी युवाले स्वयमशेवक व्यवस्थापन गरिरहेका छन् । यो अभियानमा काम गर्न स्काउट लगायतका विभिन्न संघसस्थाबाट समेत स्वयंसेवक परिचालन भएका छन् ।
वस्तिमा रोजीहिरा फाउण्डेसनकी अध्यक्ष रोजिना प्रधान राई, हामी यूवाकी अध्यक्ष जीनाजंग कार्की लगायत टिमले श्रमदान गरेका छन् । वस्तिमा जतिसक्दो छिटो काम सम्पन्न गरेर नागरिकलाई हस्तान्तरण गरिने ह्याविट्याट नेपालका सिनियर अप्रेसन म्यानेजर रामप्रसाद सिंह दनुवार बताए ।