मोरङमा १२ सहित प्रदेश १ मा १५ जना संक्रमित थपिए, २३ जना निको भएर घर फर्किए

खबर पूर्वाञ्चल, ८ असार २०७७, सोमबार १८:३१

विराटनगर / प्रदेश १ मा आज १५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२ सहित झापामा ३ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको रंगेलीमा ८ र सुन्दरहरैचामा ४ जना, झापाको भद्रपुरमा २ र दमकमा १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ६४ पुगेको छ । प्रदेश १ मा आज २३ जना निको भएर घर फर्किएका छन् ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा मोरङका १३, उदयपुरका ४, सुनसरी ३, झापा २ र ते¥हथुमका १ जना रहेका छन् । प्रदेश १ मा अहिले १ सय ९० जना उपचाररत रहेका छन् ।

कोशी कोभिड विराटनगरमा २३, पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन केन्द्र सुन्दरहरैचामा ९८, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६४, उदयपुरको चौदण्डीगढी आईसोलेसन केन्द्रमा ५ जनाको उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५