छात्रवृत्तीमा नाम निकाल्न सफल १५ जना विद्यार्थीलाई बीकेभीएमको सम्मान

खबर पूर्वाञ्चल, ३ चैत्र २०७९, शुक्रबार १७:५५
6.17k
Shares

विराटनगर / विराटनगरस्थित बालकल्याण विद्या मन्दिर(बीकेभीएम)ले उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल १५ जना विद्यार्थीलाई सम्मान गरेको छ ।
आज विद्यालय परिषरमा आयोजित सम्मान कार्यक्रम विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र विद्यालयका प्रिन्सिपल रोविन दाहालले विद्यार्थीलाई सम्मान गरेका थिए ।

कार्यक्रममा मेयर कोइरालाले महानगर शैक्षिक हव बन्दै गइरहेको अवस्थामा बीकेभिएमको पढाई र विद्यार्थीको प्रयासले सबैलाई गौरान्वित बनाउँदै लगेको बताए। मेयर कोइरालाले महानगर शैक्षिक हवका रुपमा स्थापित भइरहदाँ नीजि क्षेत्रका विद्यायलको पठनपाठन र शिक्षकको पढाउने शैलीले नयाँपन दिएको बताए ।

प्रदेशकै पुरानो र प्रतिष्ठिन विद्यालयका रुपमा रहेको बीकेभिएमले प्रत्येक वर्ष शैक्षिक क्षेत्रमा सुखद योगदान दिने गरेको मेयर कोइरालाले बताए । बीकेभिएममा अध्ययनको वातावरण अन्यभन्दा पृथक रहेको बताएका मेयर कोइरालाले आउँदोदिनमा विद्यालयले अझ उत्कृष्ठ विद्यार्थी र नतिजा ल्याउन सफल हुने विश्वास लिएको बताए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल दाहालले चिकित्सा क्षेत्रतर्फ एमबीबीएसमा ८, बीडिएसमा १, र इन्जिनियरिङतर्फ ६ जना विद्यार्थीलाई सम्मान गर्न पाउनु सुखद क्षण भएको बताए। नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन हुने विद्यालयलाई २०७३ सालमा मुलुकभरमा उत्कृष्ठ विद्यालयका रुपमा शिक्षा मन्त्रालयद्वारा पुरस्कृत भएको उनले बताए। विद्यार्थीलाई अनुकुल हुने शैक्षिक वातावरणसंगै गुणस्तरीय शिक्षा प्रदानमा विद्यालय अग्रस्थानमा रहेको प्रिन्सिपल दाहालले प्रस्टाए। विद्यार्थीलाई सम्मान गर्दै प्रिन्सिपल दाहालले अध्ययनरत विद्यार्थीलाई राम्रो नतिजाका लागि मेहनत गर्नुपर्नेमा जोड दिए ।

गतवर्षबाट कक्षा ११ र १२ को सुरुआत गरेको बिद्यालयको दोस्रो ब्याज अन्र्तगत १५ जना विद्यार्थीले चिकित्सा क्षेत्रदेखि इन्जिनियरिङसम्म पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल भएका हुन् । यसक्रममा चिकित्सा क्षेत्रतर्फ एमबीबीएसमा परफेन यादव, आदित्य शर्मा, आयाम कट्टेल, रोहन पार्साइला, मनिष गुप्ता, प्रजिल थापा, रुपेन कामत, र आयुष गौतम रहेकाछन् । यसमा यादवले पहिलो स्थानमा नाम निकालेका हुन् । त्यसैगरि, शर्मा दोस्रो, कट्टेल तेस्रो, पर्साइला चौथो, गुप्ता पाँचौ, थापा छैठो, कामत सातौ र गौतम आठौं स्थानमा रहेकाछन् । त्यसैगरि, विडिएसतर्फ तोषल विक्रम शाह, इन्जिनियरिङमा उत्सव राज श्रेष्ठ, अभिनव कर्ण, युनेश पोखरेल, सार्थक पोख्रेल, पंकजकुमार मेहता, प्रचितकुमार भुजेल रहेकाछन् ।

गतवर्षबाट ११ र १२ कक्षा सुरु गरेको विद्यालयले पहिलो ब्याचमा एमबीबीएसमा ३ जना, र इन्जिनियरिङतर्फ ७ जनाले छात्रवृत्तिमा नाम निकालेको विद्यालयले जनाएको छ । विद्यालयबाट २०६५ सालमा राकेश गिरी २०६८ सालमा अरुण कालिकोटे एसएलसीमा बोर्ड फस्र्ट नतिजा ल्याउन सफल भएका थिए । २०४० सालमा स्थापित विद्यालय ५ पटक एसएलसीमा पूर्वाञ्चलको उत्कृष्ठ विद्यालयको रुपमा सम्मानित भइसकेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

koshi province
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५