खबर पूर्वाञ्चल
आज विराटनगर प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले यस्तो बताएका हुन् । उनले भने माओवादी केन्द्रले समर्थन फिर्ता नगरेसम्म वर्तमान सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन गाह्रो भएको बताए ।
अविश्वासको प्रस्ताव ल्याउनका लागि माओवादी केन्द्रले समर्थन फिर्ता लिनुपर्ने बताए । ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई माओवादी केन्द्रले समर्थन गरेका कारण बहुमतमा छ,’ । उनले भने, ‘बहुमतमा रहेका सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदा फेल हुन्छ ।’ नेता सिंहले अघि भने, ‘बहुमत बाँकी नै छ भने ६३ सिट जितेको कांग्रेसले कसरी अविश्वासको प्रस्ताव राख्ने ?’
माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने सरकारले विश्वासको मत लिनुपर्ने र त्यो बेला कसले कसलाई समर्थन गर्छ भन्ने थाहा हुने बताए । कांग्रेस नेता सिंहले अघि भने, ‘माओवादीले समर्थन फिर्ता लिएपछि न खेल सुरु हुन्छ ।’
संविधानविपरीत काम गर्दै हिँडेका प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै उनले राजीनामा नदिए माओवादी केन्द्रले समर्थन फिर्ता लिनुपर्ने बताए । ‘माओवादी केन्द्रबाट समर्थित बहुमतको सरकार हो नि यो,’ उनले भने, ‘माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने त्यसै पनि सरकारले विश्वासको मत लिनु पर्ने हुन्छ ।’
माओवादी केन्द्रले समर्थन फिर्ता नलिएसम्म सरकार परिवर्तनको प्रक्रिया सुरु नहुने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया