RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर कलेजले लियो कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई प्रवेश परीक्षा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ श्रावण २०७९, मंगलवार १६:४७
540
Shares
विराटनगर / विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई आज प्रवेश परीक्षा लिएको छ ।

विज्ञान संकायमा ४ सय र व्यवस्थापन संकायमा ३ सय ५० का लागि लिएको परीक्षामा १ हजार ३ सय ३५ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए ।

कक्षा ११ र १२ को सर्वाेत्कृष्ट नतिजा, मेडिकल र ईन्जिनियरिङको तयारी कक्षाका साथै अतिरिक्त कृयाकलापमा प्रदेश नम्बर १ कै उत्कृष्ट नजिता आएकाले पनि विद्यार्थीको रोजाई कान्तिपुर कलेज रहेको प्रिन्सिपल नेपालले बताए ।

विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकायमात्र पठनपाठन हुने कान्तिपुरले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । स्थापनाको छोटो समयमा नै सर्वाेत्कृष्ट नतिजा ल्याएको प्रिन्सिपल नेपालले बताए । ‘उच्च शैक्षिक वातावरण रहेको र विद्यार्थीलाई करिअर डेभलपमेन्ट अपरचुनिटीको प्रचुर सम्भावना रहेको प्रिन्सिपल नेपालले भने, ‘दक्ष, अनुभवी र सधैँ माया र हौसला दिने प्राध्यापक र शिक्षकहरू रहनु पनि यो कलेजको सफलता हो ।’ अहिले पनि कान्तिपुरबाट पास भएका विद्यार्थीहरू देश विदेशमा नाम राख्न सफल छन् ।

कलेजले विद्यार्थीलाई नियमित मूल्याङ्कन गरी वर्षै भरी विशेष कोचिङको व्यवस्था गर्ने कलेजमा शतप्रतिशतसम्म छात्रवृत्तिको पनि व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर