पूर्वाञ्चल खबर



उनले देशलाई अध्याँरो सुरुङभित्र हाल्नमात्रै प्रतिनिधि सभा विघटन नगरेको भन्दै देश नै विघटन गर्ने योजनामा ओली लागेको बताए । अध्यक्ष प्रचण्डले नेपाली जनता जागेको भन्दै ओलीको प्रतिगामी कदम अब धेरै दिन नटिक्ने घोषणा पनि गरे ।
प्रचण्डले नेकपा एकता घोषणा भएको तीन वर्ष नवित्दै आफैंले बनाएका प्रधानमन्त्रीविरुद्ध आन्दोलन गर्नुपरेको र त्यो नेपाली जनताको हितका लागि भएको पनि बताए । प्रचण्डले दुई पार्टी एकता गरेर आफुहरु समाजवादको आधार निर्माण गर्ने महान अभियानमा लागि परेको बताए ।
अध्यक्ष प्रचण्डले गिरिजाप्रसाद कोइराला निरंकुशताविरोधी आन्दोलनमा निडरताका साथ लागेकाले नै उहाँ महानायक बन्न सफल भएको भन्दै अब निरंकुशताका अगाडि आफु पनि अन्तिमसम्म लड्ने बताए ।
ओली पक्षले अहिले विभिन्न भ्रम फैलाएको र दिउँसै रात पार्न खोजे पनि त्यसमा विश्वास नगर्न प्रचण्डले कार्यकर्ताहरुलाई आग्रह गरे । ‘केपीका मान्छे सेटिङ भन्दै हिँडेका छन् । त्यो सेटिङलाई जनताले भत्काइदिन्छन् र जनताले सेटिङ गर्छन,’ प्रचण्डले भने, ‘अदालतलाई सम्मान गर्ने तर सबैभन्दा ठुलो अदालत जनता नै हो ।’