RUMPUM
animated ellipse animated ellipse

बुढानीलकण्ठमा वार्षिक परीक्षाफल वितरण तथा आर्ट एन्ड क्राफ्ट प्रदर्शनी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ चैत्र २०७९, सोमबार १७:३०
144
Shares
विराटनगर / विगत ३९ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बिराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. मा यही शैक्षिक सत्र २०७९ को बार्षिक परीक्षाफल वितरण गरेको छ ।

सो अवसर पारेर स्कुलले आज चित्रकला तथा हस्तकला प्रदर्शनीको आयोजना समेत गरेको छ । प्रदर्शनीमा विद्यालयको वार्षिक गतिविधिका तस्विरहरु तथा कक्षा नर्सरीदेखि कक्षा नौ सम्मका विद्यार्थीहरुद्वारा निर्मित चित्रकला तथा हस्तकलाका सामग्रीहरुको प्रर्दशन गरिएको थियो ।

उपस्थित अभिभावकहरुले आ–आफ्ना नानीहरुको सर्वाङ्गीण विकाशका लागि विद्यालयले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका थिए । उक्त अवसरमा प्रदर्शनीमा सहभागीहरु मध्येलाई पाँच समूहमा विभाजन गरी प्रत्येक समुहबाट उत्कृष्ट प्रथम, द्घितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुका रचनालाई स्कुलका प्रिन्सिपल मणि राज भट्टराईले वार्षिक पुरस्कार वितरण कार्यक्रमका दिन प्रमाणपत्र र पुरस्कार दिने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर