खबर पूर्वाञ्चल
आज वैजनाथपुरमा रहेको क्रिकेटको पहिलो खेलमा कोशी क्याम्पसले नेशनल एकाडेमीलाई ९३ रनले पराजित गदै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ३ विकेट १ सय ६५ रनको योगफल तयार पारेको थियो । जस्मा बसन्त यादवले ४६ रन,अमित राँयले अविजित ४३ रनको योगदान दिए । नेशनलका निरज मण्डलले २ विकेट लिए ।
जवाफमा १ सय ६६ रनको लक्ष्य पछ्याएको नेशनलले १३ दशमलव ५ बलमा सवै विकेट गुमाई ७२ रनमा बनायो । जस्मा नाजिम अन्सारीले सर्वाधिक १५ रनको योगदान दिए । कोशीका म्यान अफ द म्याच विकाश दासले ४ विकेट लिए ।
दोस्रो खेलमा अरनिको कलेजले शिक्षादिप कलेजलाई ७ विकेटले पराजित गदै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको शिक्षादिपले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सवै विकेट गुमाई ८२ रनको समान्य योगफल खडा गरेको थियो । जस्मा मिलेश देवले २१ रन र भोगेन्द्र यादवले १४ रनको योगदान दिए । अरनिकोका सुम्रिम बस्नेतले ३ विकेट लिँदा सागर मोची र राहुल नायकले २–२ विकेट लिए ।
जवाफमा ८२ रनको सामान्य योगफल पछ्याएको अरनिकोले १७ ओभरमा ३ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेको छ । जस्मा सागर मोचीले ३६ रनमा विजित रहँदा अंकित मण्डल ३५ रनमा आउट भए । शिक्षादिपका प्रतिक पोखरेल र सुजल बस्नेतले १–१ विकेट लिए । खेलको म्यान अफ द म्याच अरनिकोका अलराउण्डर खेलाडी सागर मोची घोषित भए ।
आजै विराटनगरको शहिदमैलानमा भएको फुटबलको पहिलो खेलमा विविएसले भानु कलेजलाई ५–० को गोल अन्तरले पराजित गदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । विविएसका म्यान अफ द म्याच सेमन्त थापार राहुल चौधरीले २–२ थोल तथा दिल्लीराम थारुले १ गोल गरे
दोस्रो खेलमा उर्लाबारीको होली चाइल्ड कलेजले बुढीगंगााको जेभिर्यस् कलेजलाई २–० को गोल अन्तरले पराजित गदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । उर्लाबारीको म्यान अफ द म्याच आकाश गौतम र सहिल खडकाले १–१ गोल गरे ।
तेस्रो खेलमा कोशी क्याम्पसले अर्किड कलेजलाई पेनाल्टी सुटआउटमा ४–२ को गोल अनतरले पराजित सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरीमा खेले पछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पहिलो हापको १५ औ मिनेटमा अर्किडका जुनियर सावाले गोल गर्दै अग्रता लिएका थिए पहिलो हाममा १–० गोलले पछि रहेको कोशीले खेल सकिन २ मिनेट बाकी रहेको अवस्थामा गोल गर्दै बराबरी गरे पछि निर्धारित समियमा १–१ बाराबरी भएको थियो । खेलको म्यान अफ द म्याच कोशीको धिरजकुमार गुप्ता घोषित भए ।