animated ellipse animated ellipse

इप्रका रामपुर ठोक्सिलाले एकै दिन १३ फरार अभियुक्त पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ कार्तिक २०८०, शुक्रबार ११:३४
180
Shares
विराटनगर / ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरले एकै दिन विभिन्न अपराध गरी फरार १३ जना प्रतिवादीहरु पक्राउ गरेको छ ।

प्रहरीले ‘फरार पक्राउ’ अभियान सुरु गरि विभिन्न अपराध गरी फरार भएका प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका हुन् ।

फरार पक्राउ पर्ने अभियुक्तहरु वन, सार्वजनिक अपराध, गाली बैजतीलगायतका मुद्दाका फरार १३ जना प्रतिवादी एकै दिन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरीनन्दन चौधरीले जानकारी दिए ।

पक्राउ परेका अभियुक्त घटना घटाएर लामो समयसम्म फरार भएका प्रतिवादीलाई इप्रका रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले पक्राउ गरेको उनले बताए । फरार प्रतिवादी प्रहरीले पक्राउ गरी १३ जना पक्राउ गरि अदालत बुझाएको छ ।

प्रहरीले बन मुद्दामा २ महिना २० दिन कैद र ४५ हजार ९६ जरिवाना तोकिएको उदयपुर बेलका नगरपालिका १ का गोबिन्द ठाकुर पक्राउ परेका छन् । यस्तै बन मुद्दा बेलका नगरपालिका १ का महिन्द्र राई, सोही मुद्दामा चन्द्र बहादुर रोक्का कार्की, बुद्दिमान तामाङ, चन्द्र तामाङ, जय प्रकाश चौधरी पक्राउ परेका छन् । यसैगरी गाली बेइज्जती मुद्दामा फरार रहेकासहदेव चौधरी, संगिता चौधरी, सरिता चौधरी, मानती चौधरी पक्राउ परेका छन् । यसैगरी सार्वजनिक अपराध मुद्दामा फरार रहेका बेलका नगरपालिका ४ बस्ने बर्ष ४५ का गोरे भन्ने पुर्ण ब। तामाङ, घनश्याम चौधरी र गोबर्धन तामाङ पक्राउ परेको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

‘ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउनैपर्छ, त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी अपराधी पक्राउ गर्छौं,’ प्रहरी निरीक्षक ढकालले भने, ‘अदालतको फैसला कार्यान्वायनलाई प्राथमिकतामा राखी फरारी पक्राउ अभियान सुरु गरिएको हो ।’ अभियानका माध्यमवाट अपराध गरेर जतिदिन लुकिछिपि वसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैनन भन्ने सन्देश पनि दिएको उनले बताए । ‘अपराध गरेपछी सजाय भुक्तान नगरी वचेर वस्न सकिदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमवाट समाजमा अपराधको न्यूनिकरण पनि गर्नका लागि सचेतना फैलने आसा गरिएको छ,’ प्रहरी निरीक्षक ढकालले भने ।

जिल्लाको समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुदै कानून प्रतिको आडभरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभुति दिलाउन लागि परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाले बताए । ‘पीडक पक्षलाई कानूनवाट भाग्न वा वच्न सकिदैन भन्ने डर पैदा गर्न संचालित फरार अभियुक्त पक्राउ अभियानलाई उदयपुर प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आईरहेको छ,’ एसपी थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर