पूर्वाञ्चल खबर
महासंघ, कोशी प्रदेशले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत अध्यक्ष राउतले व्यक्तिगत रूपमा ११ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको जानकारी दिएको हो ।

विपद्को यस घडीमा प्रभावित क्षेत्रमा बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन, घाइतेको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन र घरबारविहीन परिवारलाई तत्काल सुरक्षित वासस्थान, खाद्यान्न तथा राहत सामग्री उपलब्ध गराउन महासंघले नेपाल सरकारसँग आग्रह गरेको छ ।
महासंघले कोशी प्रदेशका सम्पूर्ण उद्योगी, व्यवसायी तथा उद्योग वाणिज्य संघ–संस्थालाई आफ्नो स्तरबाट सम्भव भएसम्म राहत तथा सहयोग उपलब्ध गराउनसमेत अपिल गरेको छ ।प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा निजी क्षेत्रले समेत आफ्नो सामाजिक उत्तरदायित्वअनुसार सहयोग गर्नुपर्ने महासंघको भनाइ छ ।