खबर पूर्वाञ्चल
प्रतियोगिता अन्तर्गत आज बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई १ सय रनले पराजित गरेको छ ।
टस हारेर ब्याटिङ गरेको वागमतीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय २९ बनायो । नितेश कुमारले नटआउट ५३ रन, उत्तम मगरले ४० रन, रिङजिङ लामाले ३९ रन, गोकुल अधिकारीले ३६ रन, रोशन विश्वकर्माले २६ रन र सुर्याङसु कोइरालाले २० रन बनाए । गण्डकीका किरण भट्टराईले ३ विकेट , सुदीप अर्याल र अपराजित पौडेले १–१ विकेट लिए ।
२३० रनको लक्ष्य पछ्याएको गण्डकीले ३६ ओभरमा सबै विकेट गुमाउँदै १ सय २९ रन बनायो । जसमा अर्जन कुमालले ३१ रन, सिब्रिन श्रेष्ठले २९ रन, रोहित चन्दले २१ रन र सुजन गौतमले १६ रन बनाए । बागमतीका दिनेश विष्ट र दिपक सेरलाले ३–३, दयानन्द मण्डलले २ विकेट र रोशन विश्वकर्माले १ विकेट लिए । प्लेयर अफ द म्याच बागमतीका नितेश कुमार भए । गण्डकीको २ खेलमा २ अंक छ भने बागमती १ खेलबाट २ अंक जोडेको छ ।
त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा लुम्बिनीले सुदूपश्चिम प्रदेशलाई ४१ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ३८ दशमलव ५ बलमा सबै विकेटको क्षतिमा १ सय ५६ रन बनायो । जसमा ड्रास सुनारले ३८ रन, निर्मल गुरुङले २७ रन, सम्राट भुसाल र निर सार्कीले २५–२५ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामी, युवराज खत्री र अशोक धामीले समान ३–३ विकेट विकेट लिए ।
१ सय ५७ रनको विजयी लक्ष्य पाएको सुदूरपश्चिम ३५ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै १ सय १५ रन मात्रै बनाउन सक्यो । जसमा युवराज खत्रीले २२ रन, कैलाश अयेरले २१ रन, नरेन भट्ट र प्रकाश पाण्डेले १३–१३ रन बनाए । लुम्बिनीका रमेश कुर्मीले ५ विकेट, सन्तोष यादवले ४ विकेट र आकाश त्रिपाठीले १ विकेट लिए । प्लेयर अफ द म्याच लुम्बिनीका रमेश कुर्मी भए । लुम्बिनीले २ खेल जित्दै ४ अंक बनाएको छ ।
मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा सुदूरपश्चिम र कर्णाली प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा मधेस र वागमती प्रदेशबीच खेल हुनेछ ।