animated ellipse animated ellipse

नर्सिङ अध्ययरत छात्रामाथि अमानवीय व्यवहार गर्ने होस्टल सञ्चालक मधु रेग्मी ४१ हजार धरौटी बुझाएर रिहा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ चैत्र २०८०, बुधबार ०९:३९
36
Shares
विराटनगर / नर्सिङमा अध्ययनरत छात्रालाई कुटपिट गर्दै दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेकी विराटनगर — ८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक ५० वर्षीया मधु रेग्मी ४१ हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएकी छिन् ।

अभद्र व्यर्वहार मुद्दामा पक्राउ परेकी रेग्मीलाई जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको इजालशले ४१ हजार रुपैयाँ धरौटी तोकेको थियो । प्रशासनले तोकेको धरौटी रकम बुझाएर उनी रिहा भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले जानकारी दिए ।

विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत तीन जना छात्रामाथि हातपात गर्दै दुव्र्यवहार गरेको आरोपमा रेग्मी गत बुधबार पक्राउ परेकी थिइन् । मोरङ प्रहरीले पक्राउ परेपछि उनलाई अभद्र व्यवहारको मुद्दमा म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो । उनी पक्राउ परेलगतै बिरामी भएको भन्दै अस्पताल भर्ना भएकी थिइन् । प्रहरीले अनुसन्धान पूरा गरेपछि मंगलबार मोरङ प्रशासनमा अभियोग बुझाएको थियो ।

फागुन २९ गते साँझमा तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात गर्दै रेग्मीले दुर्व्यवहार गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । त्यसपछि पीडित छात्राले उजुरी दिएपछि उनी पक्राउ परेकी थइन् ।

होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि रेग्मीले विद्यार्थीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपातसमेत गरेकी थिइन् । दुर्व्यवहारमा परेका विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कञ्चनपुर घर भएका विद्यार्थी हुन् । उनीहरु उक्त होस्टेलमा फागुन ३ गतेदेखि बसिरहेका थिए । उनीहरुले चैत ३ गतेसम्मका लागि अग्रिम ८ हजार रुपैयाँ बुझाएका थिए । कलेजकै होस्टेलमा बस्नेहरुको सूचीमा भर्खरै उनीहरुको पनि नाम निस्किएको थियो । उनीहरू फगुन ३० गतेदेखि कलेजको होस्टेलमा बस्ने तयारी गरेका थिए । त्यसैले उनीहरु मुनलाइट गर्ल्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तयारीमा थिए । चैत ३ गतेसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सञ्चालक मधुले ती विद्यार्थीसँग एडभान्स भन्दै थप तीन—तीन हजार रुपैयाँ मागेपछि उनीहरुले रकम नदिने बताएका थिए । त्यसपछि होस्टेल सञ्चालकले हातपात गरेकी थिइन् । मधुले हातपात गरेपछि आत्तिएका विद्यार्थीहरुले कलेजमा सम्पर्क गरेका थिए । त्यसपछि फागुन २९ गते राति नै कलेज प्रशासनले ती विद्यार्थीहरुलाई आफ्नै होस्टलमा ल्याएर राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर