खबर पूर्वाञ्चल
सामथ्र्य समाज विराटनगरको आयोजनामा विराटनगरमा आज बुहप्रतिभा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा अपाङगता भएका व्यक्तिहरूले गायन, नृत्य, कविता, चुडकिला, चित्रकला प्रस्तुत गरेका थिए ।
विराटनगर महानगरपालिकाको सहयोगमा भएको उक्त कार्यक्रममा ७० जना अपाङगता भएका व्यक्तिहरूले भाग लिएका थिए । कार्यक्रममा प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिहरुलाई पुरस्कार पनि वितरण गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुले दिनभरी आ–आफ्नो प्रतिभा प्रस्तुत गरी रमाइलो गरेका थिए ।