खबर पूर्वाञ्चल
विराटनगरमा आज भएको नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना सम्वन्धि कार्याशाला गोष्ठिलाई बोल्दै सहभागि चिकित्सकहरुले यस्तो बताएका हुन् ।
उनीहरुले सर्ने रोगबाट भन्दा पनि नसर्ने रोगबाट मानिस धेरै विरामी पर्न थालेको बताए । त्यसैले रोकबाट बच्नको लागि खानपीन र जीवनशैलीमा ध्यान दिनुपर्ने उनीहरुले बताए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर संगीता कौशल मिश्राले सुर्तिजन्य पदार्थको सेवनकै कारण क्यान्सर तथा विभिन्न प्रकारका रोग लग्ने गरेको बताइन् । ‘६० प्रतिशत मानिसहरु अहिले कुनै न कुनै रोगबाट ग्रसित भएका छन्,’ उनले भने, ‘सूर्तीजन्य पद्धार्थ रोक्न सकेमात्र भनेपनि धेरै रोगबाट बच्न सकिन्छ । त्यसैले हामीले खानपीन र जीवन शैली परिवर्तन ल्याउन जरुरी रहेको छ ।’ अवस्थकर खानपीनको कारणले धेरै रोगहरु निम्याउने गरेको उनले बताइन् ।
विराटनगर महानगरपालिलका स्वास्थ्य माहाशाखा प्रमुख हैदर अलिले विराटनगर महानगरपालिकाले नसर्ने रोग रोकथाम र नियन्त्रणका लागि डेढ करोड भन्दा वढि वजेट छुटयाएता पनि त्यो वजेट अपुग रहेको बताए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महागनरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिक्तामा राखेर काम गरिरहेको बताए । उनले अहिले विभिन्न प्रकारका रोगहरुको महामारी फैलिरहेकाले त्यसको नियन्त्रणका लागि तीनै तहको सरकार विच समन्वय आवश्यक रहेको बताए । केन्द्र सरकारले स्वास्थ्य क्षेत्रका लागी वजेट वनाउदा स्थानियतहको आवश्यकतामा ध्यान दिनुपर्ने उनको भनाई थियो । स्वास्थ्य क्षेत्रकालागि केन्द्रिय सरकारले स्थानियतह संग समन्वय गर्दै एकै प्रकारको निति ल्याउनु पर्नेमा उनले जोड दिए ।
महानगर प्रमुख कोइरालाले विभिन्न रोग लाग्न नदिन जिवन शैलीमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । मान्छेको आयु वढाउन स्वथ्य खानपान, नित्य व्यायाम , सरसफाइ तथा वतावरण संरक्षणमा जोड दिनु जरुरी रहेको उनको भनाई छ ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र पराजुलीले क्यान्सर, मधुमेह, उच्च रक्तचापतथा स्वास प्रस्वास जस्ता नसर्ने रोगको व्यवस्थापनमा जोड दिए । सिमित साधनश्रोतका वावुजुदपनि महानगरपालिकाले नसर्ने रोगको सहज उपचारकाका निम्ति वजेट विनियोजन गरेको वताए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका वडाध्यक्षहरु काजीबहादुर बस्नेत,वासु बहादुर वस्नेत, सूर्यलाल यादव, तीर्थेन्द्र न्यौपाने,कुमार पोखरेल तथा जितेन्द्र साह लगायत विभिन्न वडाका वडाअध्यक्ष तथा स्वास्थ्य शाखाका कर्मचारीहरुको सहभागित रहेको थियो ।
तपाईको प्रतिक्रिया