अदालतको फैसलाले राजनीतिक जटिलतातर्फ लैजान्छ : प्रदीप ज्ञवाली

खबर पूर्वाञ्चल, ८ असार २०७८, मंगलवार १७:४०

काठमाण्डौ / सत्तारुढ दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वाेच्च अदालतले दिएको अन्तरिम आदेशले राजनीतिक जटिलतातर्फ धकेलेकोे बताएका छन् ।

अदालतले आज २१ र २७ जेठमा भएको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । यो आदेशले राष्ट्रिय राजनीति जटिल मोडतिर धकेलेको प्रवक्ता ज्ञवालीले बताएका हुन् । ‘अदालतको फैसला अप्रत्यासित छ, यसले राजनीतिक जटिलतातिर लैजान्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २१ मन्त्रीलाई पदमुक्त गर्न सर्वाेच्चले आज अन्तरिम आदेश दिएसँगै ओली नेतृत्वको सरकार पाँच मन्त्रीमा सीमित भएको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले उक्त मन्त्रिपरिषद् बिस्तार असंवैधानिक भन्दै सर्वाेच्चमा रिट दिएका थिए । उक्त रिटको सुनुवाइ गर्दै आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले पछिल्लो समय नियुक्त भएका २१ मन्त्री पदमुक्त हुने आदेश दिएको हो ।

अब वर्तमान सरकारमा प्रधानमन्त्री केपी ओलीसहित उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र कानून मन्त्री लिलानाथ श्रेष्ठ मात्रै कायम छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५