AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विएचएममा नेपाल तेस्रो भएकी ममतलाई एम्स कलेजको सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ भाद्र २०८०, शुक्रबार १५:३६
576
Shares
विराटनगर / विराटनगर–९ मा रहेको एम्स कलेजले नेपाल तेस्रो तथा कोशी प्रदेश प्रथम भएकी ममता राईलाई नगदसहित सम्मान गरेको छ ।

कलेज परिसरमा शुक्रबार कलेजमा एक कार्यक्रम आयोजना गरि विएचएम चौथो समेष्टरको परीक्षामा ३.९८ जिपिए ल्याइ नेपाल तेस्रो तथा कोशी प्रदेश प्रथम भएकी राईलाई कलेजले नगदसहित सम्मान गरेको हो ।

राईलाई क्याम्पस प्रमुख शशांक पोखरेल र सहायक क्याम्पस प्रमुख इन्द्र घिमिरेले सम्मान गरे । कलेजले टपर विद्यार्थी ममतासँगै उनको अभिभावकलाई समेत सम्मान गरेको छ । यस अघि पनि ममताले प्रदेश स्तरमा उच्च स्थान प्राप्त गर्न सफल भएकी थिइन्। विगत ५ वर्षदेखि त्रिभुवन विश्वविद्यालयको विएचएममा उत्कृष्ट नतिजा ल्याउन सफल भएको कलेजले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर