खबर पूर्वाञ्चल
सामान्य वर्षा हुँदा पनि निकास नभएको कारण विराटनगर १५ को अधिकाशं घरमा पानी पसेको वडाअध्यक्ष असलम आलमले जानकारी दिए । ‘विराटनगरको उत्तरी भेगबाट आएको पानी १५ वडामा आएर जम्मा हुन्छ । अहिले दुई वटा मात्र साइफन रहेको छ । प्रयाप्त मात्रमा पानीको निकास हुने साइफन नहुँदा वडाभित्रका घरहरू डुवानमा पर्ने गरेको छ,’ वडाअध्यक्ष आलमले भने, ‘पानीको निकास हुने साइफन थप गर्न महानगरपालिका र सडक विभागलाई पनि जानकारी गराएको छु ।’ विराटनगर १५ को हुनमान मन्दिर आइसीपी जाने बाटो र प्राविधिको सल्लाह अनुसार तत्काल दुई ठाउँमा ‘साइफन’ बनाउने सडक विभागको डिनसँग सल्लाह भएको उनले बताए । विराटनगरको दक्षिण भेग डुवानमा परेपछि आज विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलासहितको टोलीले निरीक्षण गरे ।
लगातार परेको वर्षाको कारण विराटनगर १२, १३, १४, १५, १६, १७ र १८ वडाका अधिकाशं घरमा पानी पसेर डुवान भएको छ । विराटनगरको दक्षिणी क्षेत्रका अधिकाशं बस्तीहरु डुबानमा परेका छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ ।