animated ellipse animated ellipse

एमाले उम्मेदवार घिमिरेद्धारा वडागत रुपमा घरदैलोलाई तीव्रता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ कार्तिक २०७९, बुधबार ०८:०९
72
Shares
विराटनगर / मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले वडागत रुपमा घरदैलो अभियानलाई तीव्र पारेका छन् । मंगलबार विराटनगर ८ का ४ वटा टोलमा घरदैलो गरिएको घिमिरेको सचिवालयले जनाएको छ ।

विराटनगर ८ का छठीमाई मन्दीर बलुवाही, राजवंशी टोल, अमर टोल र बालगोपाल टोलमा घरदैलो गरिएको बताईएको छ ।

उम्मेदवार घिमिरेले घरदैलोसँगै ५ वर्षमानिर्वाचन क्षेत्रमा आफुले गरेका काम र आगामी दिनमा गर्ने योजना, ५ वर्षको अवधिमा शुरु भएर बाँकी रहेका योजनाहरु पुरा गर्नकालागि पुन: उम्मेदवार भएर आएको बताएका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनकालागि घर–घरमा एमाले उम्मेदवार घिमिरे पुग्दा स्थानीयवासीहरुले भव्य स्वागत गर्दै आएका छन् । घिमिरेलाई आगामी दिनमा गर्नु पर्ने योजनाहरुपनि स्थानीयबासीले टिपाउने गरेका छन् । ५ वर्षको अवधिमा टिपाएका अधिकांश योजनाहरुनिर्वाचन क्षेत्रमा पर्न सफल भएको विराटनगर ८ का मनोज महतोले बताए । सामाजिक विकास मन्त्री भएका समयमा एमाले नेता घिमिरेले निर्वाचन क्षेत्र र प्रदेशवासीमा उल्लेख्य काम काम गरेको उनको भनाई छ ।

मोरङ ४ (ख) को घरदैलो कार्यक्रममा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद ढकालपनि सहभागी भएका थिए ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर