खबर पूर्वाञ्चल
१६ वर्षीय बालिकालाई एकै रात छुट्टाछुट्टै स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा ७ जना पक्राउ परेको हो।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगरलाई पक्राउ गरेको छ । अर्जुनधारा ७ कै लंका राजवंशी, अर्जुनधारा–७ का २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी र सञ्जीव तामाङले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
एउटा घटनामा ३ र अर्को घटनामा ४ जनाको संलग्नता रहेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
उनका अनुसार १६ वर्षीया बालिका शुक्रबार राति बलात्कृत भएकी हुन् । सुरुमा हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि होटलमा लगेर बलात्कार गरिएको चन्दले बताए ।
बालिकालाई सुरुमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगरले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुले बालिकालाई राति ८ः१५ बजेतिर अर्जुनधारा–८ नयाँ बजार पुर्याएर बाख्रा हटिया लाग्ने स्थानको फलैँचामा बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यसपछि बालिकालाई राति ११ बजेतिर अर्जुनधारा–७ स्थित लंका होटल एन्ड रिसोर्टमा पुर्याइयो । अर्जुनधारा–८ का १९ वर्षीय सुनील राजवंशीले अर्जुनधारा–७ मा सञ्चालन गर्दै आएको होटलमा लगेर होटल मालिकसहित अरु ४ जनाले बलात्कार गरेको डीएसपी चन्दले बताए ।
उनका अनुसार होटल सञ्चालक राजवंशीसहित होटलमा ‘कुक’को काम गर्दै आएका अर्जुनधारा–७ का २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी र सञ्जीव तामाङले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका बारेमा प्रहरीले शनिबार साँझ मात्रै जानकारी पाएको थियो ।
बालिकामाथि सामूहिक बलात्कार भएको घटनासँग सम्बन्धित जाहेरी साँझ ७ बजेतिर इलाका प्रहरी कार्यालय अनारमनीमा परेको हो । त्यसपछि बलात्कारमा संलग्नको खोजी र पक्राउका लागि इन्सपेक्टर सन्तोष राईको नेतृत्वमा प्रहरी परिचालन गरियो ।
प्रहरीले बलात्कारमा संलग्न भएको आरोप लागेका होटलका सञ्चालक सुनीलसहित ६ जनालाई पक्राउ गरेको छ । सञ्जीव फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
बलात्कारबाट पीडित भएकी बालिकाको उपचार भइरहेको र अवस्था सामान्य रहेको डीएसपी चन्दले बताए । पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ ।
तपाईको प्रतिक्रिया