AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

खेलकुद महासंघ विराटनगरको सप्ताहव्यापी वृक्षारोपन कार्यक्रम सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ श्रावण २०८१, मंगलवार १५:४१
72
Shares
विराटनगर / नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका कमिटीको सप्ताहव्यापी वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ ।

साउन २२ गतेदेखि सुरू भएको महासंघको सप्ताहव्यापी वृक्षारोपन कार्यक्रम आज सम्पन्न भएको हो ।

महासंघ महानगर कमिटीका अध्यक्ष जतिन ताम्राकारले विराटनगर महानगरपालिका वडा नं १ बाट सुरू गरिएको वृक्षारोपन कार्यक्रम वडा नं २ , ३ , ४ , ५ र १९ मा गरि सम्पन्न गरिएको जानकारी दिए। ताम्राकारले पहिलो चरणको कार्यक्रममा महानगरको ६ वटा वडामा वृक्षारोपन गरिएको र दोस्रो र तेस्रो चरणमा गरेर महानगरको १९ वटै वडामा वृक्षारोपन गर्ने तयारी रहेको बताए ।

महासंघले नेपाल फुलवारी वेष्ट थ्री आर पोल्युसन कन्टोर्ल सर्विस प्रा. लि. र विराटनगर महानगरपालिकासँगको सहकार्यमा वृक्षारोपन कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकाश बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले महासंघको केन्द्रीय नीति ु एक कमिटी , एक रचनात्मक गतिविधि ु अनुरूप महानगर कमिटीले गरेको वृक्षारोपन कार्यक्रमले समाजमा सकारात्मकता सञ्चार गरेको बताए। बस्नेतले नेपाली समाजमा देखिएको नकारात्मकतालाई परास्त गर्न युवाहरूले नै अघि बढे मात्र सम्भव हुने भन्दै अगामी दिनमा समेत रचनात्मक कार्य गर्न महानगर कमिटीलाई निर्देशन दिए।

महासंघ स्थायी कमिटी सदस्य तथा विराटनगर महानगर इञ्चार्ज मनोज विक्रम शाहले वृक्षारोपन कार्यक्रमसँगै महासंघले विराटनगरलाई खेलमय बनाउने योजना साथ अघि बढ्ने प्रष्ट पारे। महासंघ महानगर कमिटीले छिट्टै वडा स्तरीय फुटबल प्रतियोगिता , खुला टेबल टेनिस प्रतियोगिता , टि-टेन क्रिकेट प्रतियोगिता गर्ने तयारी समेत गरिरहेको शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर