RUMPUM
animated ellipse animated ellipse

दोस्रो विराटनगर हव अन्तर-स्कुल क्रिकेट प्रतियोगिताको उपाधि जित्यो विराटनगरको अरनिको स्कुलले

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ फाल्गुन २०८०, शनिबार १७:०५
3.4k
Shares
पुष्पराज थपलिया
विराटनगर / विराटनगरमा सम्पन्न भएको दोस्रो विराटनगर हव अन्तर–स्कुल क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको स्कुलले जितेको छ ।

आज विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा अरनिको स्कुलले साविक विजेता सरस्वती स्कुललाई ५ विकेटले पराजित गरि उपाधि जितेको हो ।

१ सय ८ रनको लक्ष्य पछ्याएकोे अरनिकोले १७ ओभरमा ५ विकेट गुमाई सो विजयी लक्ष्य भट्टाएको थियो । अरनिको जितमा म्यान अफ द फाइनल अविशेक यादवले ५० रन बनाउँदा साजव यादवले १३ रनको योगदान दिए । सरस्वतीका रोहन मण्डल, निरज यादव र अविशेक यादवले समान १–१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ७ रन बनाएको थियो । सरस्वतीका लागि अविजित यादवले ४१ रन बनाउँदा अविशेक यादवले २२ रनको योगदान दिए । अरनिकोका अमन यादवले ३ विकेट लिँदा साजन यादवले २ विकेट लिए ।

नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी सरस्वतीका अविशेक यादव घोषित भए भने उत्कृष्ट ब्याटर कोशी मोडेलका रविन मण्डल र उत्कृष्ट बलर न्यू मूनका सहवाज आलम घोषित भए ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि राखेपका पूर्व सदस्य सुधिर अर्याल, मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु र नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । फागुन ५ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ स्कुलको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

  1. Iam very happy my small brother Mr.sajan Yadav has taken 2 wicket hope brother u will be nice comiydays

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर