लागूऔषधसहित पाँच जना पक्राउ

खबर पूर्वाञ्चल, १७ चैत्र २०७७, मंगलवार १८:०८

विराटनगर/ मोरङको छुटा छुट्टै दुई स्थानमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

प्रहरीले मोरङको उर्लाबारी र मिक्लाजुङ गाउँपालिकाको मधुमल्ला बजारदेखि लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो ।

मिक्लाजुङ्ग गाउँपालिका ७ स्थित मधुमल्ला बजारमा ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोही ठाउँका २२ वर्षिय लक्ष्मण भन्ने करण लिम्बु र २७ वर्षिय सन्चमान सुब्बाको साथमा प्रतिबन्धित औषधी बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । सोमबार इलाका प्रहरी कार्यालले उर्लाबारी नगरपालिका–४ स्थित आईतबारे बजारदेखि लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रतिबन्धित औषध सहित पक्राउ पर्नेमा उर्लाबारी–४ का २७ वर्षिय युबराज कटुवाल, सोही ठाउँका २२ वर्षिय कमल दाहाल र १९ वर्षिय रन्जीत चौधरी रहेका छन् । पक्राउ परेका पाँचै जनालाई इप्रका उर्लाबारीले अनुसन्धान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५