नयाँदिल्ली / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा भइरहेको कोरोना भाइरसविरुद्धको लडाईं भारतीय जनताले नेतृत्व गरिरहेको बताएका छन् ।
लडाईंमा जनताका विभिन्न समूह र प्रशासनले आम नागरिकलाई सघाइरहेको प्रधानमन्त्री मोदीले आइतबार बताएका हुन् ।
आम नागरिकले चालकको काम गरिरहेका र प्रशासन र अन्य विभिन्न सहयोगी समूहहरुले चक्काको काम गरिरहेको उनको भनाइ छ ।
“हरेक नागरिक यस लडाईमा कोरोना भाइरस विरुद्धको लडाकू हुनु भएको छ,” प्रधानमन्त्री मोदीले भने ।
उनले मासिक रुपमा सहभागिता जनाउने कार्यक्रम “मन की बात”मा बोल्दै मोदीले विशाल भारतमा यस्तो लडाई धेरै कठिन भएको पनि उल्लेख गरे ।
कोरोना भाइरससँगै आफूहरू गरिबीका विरुद्धमा पनि लडेर देश विकास गर्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, “कोरोनाभाइरस विरुद्धको जनताको लडाई सकिएपछि हामीले भारतलाई नयाँ अवस्थामा पुर्याउने छौँ ।” रासस
तपाईको प्रतिक्रिया