RUMPUM
animated ellipse animated ellipse

‘गल्स अन ह्विल’ प्रतियोगिता हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ फाल्गुन २०७८, बुधबार १४:४९
1.98k
Shares
विराटनगर / नारी दिवसको अवसर पारेर ‘प्याडिलक्स गल्स अन ह्विल’ प्रतियोगितामा विराटनगरमा हुने भएको छ ।

राउन्ट टेबल नेपालको आयोजनामा विराटनगरमा फागुन २४ गते प्याडिलक्स गल्स अन ह्विल प्रतियोगिता गरिने भएको हो ।

आयोजक राउन्ट टेबल नेपालले विराटनगरमा आज पत्रकार सम्मेलन गरि तेस्रो संस्करणको हुन लागेको प्याडिलक्स गल्र्स अन ह्विल प्रतियोगितामा महिलाहरुले मात्र भाग लिन पाउनेछन् ।

प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा ७५ वटा स्कुटरको सहभागि गराउने लक्ष्य रहेको राउन्ट टेबल नेपालका अध्यक्ष भवेश राठीले जानकारी दिए । प्रतियोगितामा सहभागि जनाउनेहरुको लागि १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क रहेको छ । १५ सय रुपैयाँ तिरेपछि एउटा स्कूटरमा दुई जनाले भाग लिन पाउने प्रतियोगिताको संयोजक योगेश राठीले बताए ।

‘प्रतियोगितामा भाग लिने प्रतियोगिहरुको लागि विराटनगरको १० वटा स्थान तोकिएको हुन्छ । उक्त स्थानमा प्रतियोगिहरु पुगेपछि त्यहाँ संकेतका आधारमा आवश्यक टास्क हुने गर्दछन् । हरेक केन्द्रका लागि अलग अलग संकेत र टास्कहरु हुन्छ । यसरी पूरा गरिएका टास्कका आधारमा सहभागि प्रतियोगिहरुले नम्बर प्राप्त गर्दछन् । सोही नम्बरकै आधारमा प्रतियोगिहरुबाट बिजेता घोषित गरिनेछ,’ प्रतियोगिताका संयोजक राठीले भने ।

विराटनगरस्थित जैन भवनबाट प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिहरुले खेलमा समावेश भएर सोही स्थानमा आएर कार्यक्रम समापन हुने प्रतियोगिताको सहसंयोजक अतुल सिँघानियाले बताए । प्रतियोगिताको बिजेता हुनेले करिव ४८ हजार मुल्य पर्ने एमआइको ४० इन्चको टेलिभिजनलगायतका विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको द्धितीय र तृतीयलाई पनि गिफ्ट ह्याम्पर रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा मनोञ्जनत्मक कार्यक्रहरु पनि हुनेछ । सो कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकाहरुबाट मनोरञ्जनका कार्यक्रमहरु हुने संयोजक राठीले जानकारी दिए । कार्यक्रम स्थलमा फुडस्टल, फेस पेन्ट्रिङलगायतका स्टलहरु पनि रहेछ ।

पत्रकार सम्मेलनमा बोल्दै मोरङ व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडाले महिलाहरुमा भएको प्रतिभा प्रस्फुटन गराउन यस्ता प्रतियोगिहरुले ठूलो भूमिका खेल्ने बताए । राउन्ट टेबल विगत ३२ वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको क्रियाशील संस्था हो । उक्त प्रतियोगिताबाट संकलन भएको रकम पनि सामाजिक कार्यमा खर्चिने आयोजकको भनाई छ ।

नेको इन्सुरेन्ससँगको सहकार्यमा हुन लागेको यस प्रतियोगिताको मुख्य प्रयोजक सेनेटरी प्याड प्याडिलक्स रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर