प्रदेश सभा हलको शिलान्यास

खबर पूर्वाञ्चल, १ आश्विन २०७७, बिहीबार १५:१३

विराटनगर / प्रदेश १ विराटनगरको प्रदेश सभा सचिवालयको भवन शिलान्यास भएको छ । भवनको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले समारोहको बीच शिलान्यास गरे ।

सातौँ अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने गरी तयार गर्न स्वामीनारायण निर्माण सेवा प्रालि धरानले दुई करोड ५१ लाख ८१ हजार ९ सय ७६ मा ठेक्कामा लिएको छ । निर्माण कम्पनिले अगामी फागुन मशान्त भित्रमा निर्माण कार्य सम्पन्न गर्ने सो भवन जिल्ला समन्वय समितिको परिसर भित्र निर्माण भइरहेको छ । हल करिव ३ सय मानिस अट्ने क्षमता भएको सुविधा सम्पन्न हुने भनिएको छ ।

सभामुख भण्डारीले विगतमा अनेक बाधा अड्नका बाबजुद पनि सञ्चालन भएको सभा अब नयाँ भवनले सहज एवं सरल हुने बताए । उनले यो भवन समयमै निर्माण गर्न र गुणस्तरीयमा विशेष ध्यान दिन निर्माण कम्पनिलाई आग्रह गरे ।

अन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले पहिलो निर्माण गर्न लागेको यो पहिलो संरचना रहेको बताए । मन्त्री कार्कीले नीति निर्माण गर्ने सार्वभौम थलोको रुपमा रहेको प्रदेश सभाको हल निर्माण भएपछि सभा सञ्चालन गर्न सहज हुने बताए । उनले यो भवनको गुणस्तरमा कुनै कमी हुन नदिन निर्माण कम्पनिलाई खबरदारी गर्दै अगामी दिनमा सभा सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरे ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले नयाँ भवनले प्रदेश सभाको सभा सञ्चालन गर्न निकै सुविधा हुने भन्दै भवन सममै निर्माण गर्न निर्माण कम्पनिलाई निर्देशन दिए ।

नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले यो भवनले प्रदेश सभामा सहभागी हुने सांसदहरुलाई सहज हुने भन्दै भवनको गुणस्तरमा सबै ध्यान दिनु पर्ने बताए ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले ढिलो भएपनि बन्न लागेको यो भवनले हामीलाई संसदमा छलफल एवं नीति निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेशप्रसाद पोखरेलले जिल्ला समन्वय समितिको एक विगाहा तीन कठ्ठा क्षेत्रफल भित्र बन्न लागेको यो भवनले संसद सञ्चालन गर्न सुविधा पुगोस् भन्ने शुभकामना दिए ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले साविक जिल्ला विकास समितिको सभा हलमा प्रदेश सभा सञ्चालन गर्न निकै कठिनाई व्योहरी रहेको अवस्थामा यो भवनले सहज हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. विनोद लेख्नुहुन्छ

    हैन बन्न लागेको स्थान चाई कहा हो

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५