पूर्वाञ्चल खबर

यति मात्र नभएर मेरिल्याण्ड प्रदेश १ र २ मा व्यवस्थापन कलेज मध्ये सँधै सर्वोत्कृष्ट कलेजको रुपमा चिनिदै आएको छ । विराटनगरमा २०५९ सालमा स्थापना भएको उक्त कलेज हाल २० औं वर्षमा प्रवेश गरेको छ ।
व्यवस्थापन पढाइ हुने एक मात्र कलेज मेरिल्याण्ड कलेज नेपालमै सँधै टप १० मा पर्न सफल छ । २०७५ सालमा मेरिल्याण्ड कलेजका छात्राद्वय पूजा साह र निशा पोखरेलले समान ३.९२ जिपिए अर्थात नेपालमै सबैभन्दा बढी नम्बर ल्याउन सफल भएका थिए ।
‘उच्च शैक्षिक वातावरण रहेको र विद्यार्थीलाई करिअर डेभलपमेन्ट अपरचुनिटीको प्रचुर सम्भावना रहेको यस कलेज हाल पनि काठमाडौं बाहिरका २ कलेजमध्येमा उत्कृष्ट कलेजमा पर्दछ,’ कलेजका प्राचार्य लक्ष्मण ढकालले भने, ‘दक्ष, अनुभवि र सँधै माया र हौसला दिने शिक्षकहरु रहनु पनि यो कलेजको सफलता हो ।’
प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल मेरिल्याण्ड प्रदेश १ कै सर्वाेत्कृष्ट शैक्षिक संस्था हो । अध्ययनमैत्री वातावरण बनाउन सफल यो संस्थाले प्रविधिमैत्री शिक्षा, नियमित आन्तरिक परीक्षा प्रणाली, आवश्यकता अनुसार वाह्रै महिना अतिरिक्त कक्षा, प्रोजेक्ट वर्क बेस लगायतका गतिविधि मेरिल्याण्डका विशेषता हुन् । कक्षा ११ को नयाँ भर्ना पक्रियालाई सुचारु राखेको मेरिल्याण्ड कलेजका प्रिंसिपल ढकालले बताए । कलेजले गरिव तथा जेहेन्दार विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति पनि दिंदै आएको उनले बताए ।