animated ellipse animated ellipse

प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउन व्याण्ड भर्सेस ब्राण्ड : मन्त्री राई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ श्रावण २०७८, आईतवार १८:३५
459
Shares
फाइल तस्वीर
विराटनगर / प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश १ लाई आर्थिक रुपमा समृद्ध बनाउन व्याण्ड भर्सेस ब्राण्डको अवधारणा ल्याईएको बताएकी छिन् ।

समृद्ध प्रदेश निर्माणका लागि अरुको मुख ताक्नु नपरोस् भनेर व्याण्ड भर्सेस ब्राण्डको अवधारणा ल्याईएको उनले बताइन् । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीको आज विदाई कार्यक्रममा मन्त्री राईले सो कुरा बताएकी हुन् ।

व्याण्ड भर्सेस ब्राण्डको अवधारणा प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश भएर काम अघि बढाईएको मन्त्री राईले बताउनुभयो । उहाँले भन्नुभयो,‘ सिंगो प्रदेशको नेतृत्व सामाजिक विकास मन्त्रालयले गर्ने छ ।’ दीर्घकालिन लक्ष्य राखेर व्याण्ड भर्सेस ब्राण्डको अवधारणा अघि बढाईएकाले यसबाट धेरैको रोजगारी सिर्जना हुने मन्त्री राईको भनाई छ ।

कार्यक्रममा विदाई भएका सचिव कार्कीले १ वर्ष १ महिनाको बसाईमा धेरै समय कोरोना संक्रमण नियन्त्रणमा केन्द्रित हुनु परेको बताए । उनले मन्त्रालयको सचिव भएर आएकै दिनदेखि कोरोना संक्रमण नियन्त्रणमा लाग्नु परेको बताए । कोरोनामा धेरै ध्यान केन्द्रित गर्दा मन्त्रालयका अन्य क्षेत्रका कतिपय काम हुन नसकेको उनले बताए । कोरोनाका कारण श्रम तथा रोजगार क्षेत्रको तालिमका लागि आएको बजेट नै फिर्ता गर्नुपरेको बताए ।

मन्त्रालयका सचिव कार्कीको उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयमा सरुवा भएको छ । सामाजिक विकास मन्त्रालयमा प्रदेश १ मुख्यमन्त्री कार्यालयबाट कमल भट्टराई आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर