AArya
RUMPUM
animated ellipse animated ellipse

आज एकै दिन थप ४ जनामा संक्रमण पुष्टि, नेपालमा ५८ पुगे सङ्क्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ बैशाख २०७७, बुधबार १४:३४
3
Shares
काठमाण्डौं / आज एकै दिन नेपालमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण (कोभिड–१९) को संक्रमण भेटिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका २ जना र बीरगञ्जका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । जसमा १६ जना निको भएर घर फर्किएकमा छन् ।

चारै जना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये एकजना महानगरका सफाई गर्ने कर्मचारी हुन् ।

उनीहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको खोजी गरेर ९४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये ४ जनाको रिपोर्ट पोजेभिट आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर