खबर पूर्वाञ्चल
मेयर कोइरालाले आज जामुनगाछी–केशलिया खोलाअन्तर्गत पर्ने हुलाकी सडकको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा कोइरालाले स्थानीयको गुनासा र समस्यासमेत सुने । उनले मापदण्डमा परेका घरधनीहरुसँग समस्या समाधान गर्नका लागि छलफल गरे ।
सडक निर्माणपछि सो क्षेत्रको विकासले गति लिने मेयर कोइरालाले विश्वास व्यक्त गरे । निर्माणको कामलाई गति दिन मेयर कोइरालाले निर्माण व्यवसायी वासु उप्रेतीलाई निर्देशन दिए ।
विगत लामो समयदेखि अवरुद्ध रहेको सो सडक मेयर कोइरालाको सक्रियतामा पछिल्लो समय निर्माणले गति लिएको छ ।