खबर पूर्वाञ्चल
विराटनगरस्थित कांग्रेस संसदीय दलको कार्यालयले विज्ञप्ती जारी गर्दै राईलाई प्रमुख सचेतकमा नियुक्त गरेको जनाएको छ । यसअघि दलको प्रमुख सचेतक केदार कार्की रहेका थिए । उनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएसंगै प्रमुख सचेतकको जिम्मेवारी रिक्त रहेको थियो ।
प्रमुख सचेतकमा नियुक्त भएका राईले जनताको पक्षमा वकालत गर्दै आफूले उठाएका मुद्धालाई अघि बढाउने बताए। लामो समयदेखि खोला तथा चुरे क्षेत्रको संरक्षण, सुकुम्बासी समास्या समाधान लगायतको विषय उठान गर्दै आएका राईले भोलीका दिनमा यस विषयलाई थप सशक्तरुपमा अघि बढउने बताउँछन्। इमान्दारिता र निष्ठापूर्वक पार्टीको नीति, संविधान कार्यान्वयन, र प्रदेशसभामा हक अधिकारको लागि आफ्नो मुद्धा कायम नै रहनेगरि काम गर्ने उनले जानकारी दिए।
राईलाई संसदीय दलका नेता राजीव कोइरालाले नियुक्त गरेका हुन् । मोरङको क्षेत्र नम्बर ३ को १ बाट प्रत्यक्षमा विजय भएका राई यसअघि प्रदेश सभामा सचेतकको भूमिकामा रहेका थिए ।