AArya
RUMPUM
animated ellipse animated ellipse

मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्नु पर्छ – अध्यक्ष उपेन्द्र यादव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ बैशाख २०८२, सोमबार १९:१६
81
Shares
विराटनगर / जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले जनताले ठूलो त्यागबाट ल्याएको सङ्घीय लोकतान्त्रिण गणतन्त्रलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।

पार्टीको प्रथम जिल्ला अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उनले ठूलो सङ्घर्षबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, नागरिकको मौलिक हक र समावेशीलाई रक्षा र संस्थागत गर्ने कार्यमा लाग्नु आजको आवश्यक्ता भएको प्रष्ट पारे ।

पूर्व उपप्रधानमन्त्री यादवले मुलुकमा भ्रष्टाचार,कमिशनतन्त्र, विचौलियहरुको चलखेल नियन्त्रण गरि सुशासन कायम गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले पार्टीले संविधान संशोधन गर्ने स्पष्ट धारणा अनुसार मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्न सुझाव दिए ।

पार्टीका सह–अध्यक्ष रकम चेम्जोङले वितेर गएको राजतन्त्र पुनः फर्केर नआउने बताउँदै सङ्घीयतालाई सार्थक बनाउनु जरुरी रहेको बताए ।

पार्टीका महासचिव रेखा यादव, केन्द्रीय सदस्य एवं पूर्व मन्त्री जयराम यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताए ।

पार्टीका मोरङ अध्यक्ष राजकुमार यादव, नेपाली कांग्रेका प्रदेश कोषाध्यक्ष राजेश गुप्ता लगायतले लोकतान्त्रिक व्यवस्थाको विकल्प निरङ्कुश शासन व्यवस्था नहुने धारणा राखे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर