RUMPUM
animated ellipse animated ellipse

अपाङ्गताभएकलाई सहयोगि समाग्री वितरण गर्दै संविधान दिवस मनायोे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ आश्विन २०७८, आईतवार १८:३३
315
Shares
इटहरी / इटहरी उपमहानगरपालिकाले झण्डोतोलन र अपाङ्गताभएकाहरुलाई सहयोगि समाग्री वितरण गरेर संविधान दिवस मनाएको छ ।

इटहरी गोल चौकमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले झण्डोतोलन गरे । यसअघि उपमहानगरपालिकामा आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले अपाङ्गताभएकाहरुलाई सहयोगी समाग्री वितरण अभियानको शुभारम्भ गरिन् । आज सुरु भएको अभियान अन्र्तगत विभिन्न वडाहरुमा गरि ३ सय ९३ जना अपाङ्गताभएकाहरुलाई सहयोगी समाग्री वितरण गरिने जानकारी उनले दिइन् ।

सामाजिक विकास समितिका संयोजक इटहरी वडा नम्वर ४ का अध्यक्ष चन्द्र भटटराईले इटहरी उपमहानगरपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रमले अपाङ्गता तथा फरक क्षमता भएकाहरुलाई जीवन जीउने क्रममा सहजता पुगेको वताए । प्रमुख प्रशासकीय अघिकृत सूर्य सुवेदीले सहयोगी समाग्रीहरु हिवलचेयर,वाकर,सेती छडीलगायतका कारण ब्यक्तिगत जीवन पहिलेको भन्दा सहज हुने विश्वास ब्यक्त गरे ।

सोही कार्यक्रममा उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत २ जना ब्यक्तिहरुलाई उपमेयर लक्ष्मी गौतम र वडाध्यक्ष चन्द्र भटटराईले सिलाई मेशिन समेत प्रदान गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर