पूर्वाञ्चल खबर
समूहगत छलफलको क्रममा अधिवेशन स्थलको टेन्ट र ब्यानर हावाहुरीले उडाइदिएपछि कार्यक्रम रोकिएको छ ।
एमालेले १४ जिल्लाका ९९७ प्रतिनिधिलाई ७ समूहमा विभाजित गरेर अधिवेशनमा प्रस्तुत राजनीतिक,साङ्गठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गरिरहेको थियो ।
अधिवेशनबाट छानिने नेतृत्वको विषयमा भने एमालेमा दुईजनाले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा केन्द्रीय सदस्य घनश्याम खतिवडा र विनोद ढकाल रहेका छन् ।
अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय सङ्गठन, दलित, मजदुर समेत गरी ९ सय ९७ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्माण गर्नेछ । अधिवेशन हिजो एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए ।