खबर पूर्वाञ्चल
विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा सम्पन्न प्रतियोगितामा एभरेष्टले १७ स्कूललाई पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पारेको हो । त्यस्तै दोस्रो स्थानमा सगरमाथा पर्न सफल भएको छ भने तेस्रो स्थानमा बीकेभीएम स्कुल भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला , काबरा ग्रुप अफ इन्डस्टृज का निर्देशक नबल किशोर कबरा र श्याम कब्रा, विराटनगर जुनियर जेसिजका सस्थापक अध्यक्ष डा.सन्देश दास श्रेष्ठ लगायतले पुरस्कार ट्रफी तथा प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा १८ स्कूलको सहभागीता रहेता पनि फाइनलमा ६ स्कूलबीच प्रतिस्पर्धा भएको थियो । प्रथम हुनेलाई १५ हजार, दोश्रो हुनेलाई १० हजार र तेस्रो हुने लाई ५ हजार नगद पनि वितरण गरिएको विराटनगरका जुनिएर जेसीजका अध्यक्ष विकल्प न्यौपानेले जानकारी दिए ।