RUMPUM
animated ellipse animated ellipse

प्रधानमन्त्री ओलीले संविधानलाई घाइते बनाए : कानुन व्यवासयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ पुष २०७७, बिहीबार २०:१३
450
Shares
विराटनगर/ प्रधानमन्त्री केपी शर्मा ओलीले हुदै नभएको अधिकार दुरूपयोग गरेर नेपालको संबिधानलाई घाइते बनाएको कानुन व्यवसायीहरूले बताएका छन् । प्रमले  पुस ५ गते गरेको प्रतिनधि सभा विघटन असंवैधानिक भएको उनीहरूले बताएका हुन् ।

नागरिक समाजले विराटनगरमा आज आयोजना गरिएको कार्यक्रममा कानुन व्यवसायी, राजनैतिक दलका नेता, पेशाकर्मी र अधिकारकर्मीहरूले प्रतिनिधि सभा बिघटन असंवैधानिक भएकोलेले अदालतबाट पुनःस्थापना हुने दाबी गरे ।

उनीहरूले संबिधान विपरित देश चलाउने अधिकार कसैलाई पनि नभएको भन्दै विधीको शासनका लागि विघठित प्रतिनिधि सभा पुनःस्थापना गर्नु बाहेक अदालतलसँग पनि अर्को बिकल्प नएको बताए ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले प्रधानमन्त्री ओलीले हुदै नभएको अधिकार दुरूपयोग गरेर संबिधानलाई घाइते बनाएको बताए । ‘प्रमको कदम पूर्ण रूपमा असंबैधानिक छ । यस्तो कदमलाई सबैले गलत भन्न हिच्किचाउनु हुदैन,’ वरिष्ठ अधिवक्ता श्रेष्ठले भने । शक्तिको आडमा संविधानको दुरूपयोग गर्ने कार्य अति नै सम्बेदनशिल भएकोले चुप लागेर बस्नु अपराध सरह हुने उनको भनाई थियो ।

अधिवक्ता उमेश न्यौपानले शक्तिको आडमा संबिधान मिच्ने काम असंबैधानिक भएको बताए । उनले प्रधानमन्त्रीलाई संबिधानमा कतैपनि संसद विघठन गर्ने अधिकार नदिएको दाबी गरे । अधिवक्ता न्यौपानेले संबिधान विपरितको असंबैधानिक कार्यको सबैले खुलेर विरोध गर्दै बहस गर्न पनि आग्रह गरे ।

प्राध्यापक डाक्टर पिके झाले संसद विघटनको असंवैधानिक कदम भएकोले व्यक्तिगत महत्वाकांक्षा र सत्ता जोगाउने खेलको अन्त्य हुनुपर्ने बताए । नेकपा केन्द्रीय सदस्य महेश रेग्मी र नेपाली काँगेसका पूर्व जिल्ला सचिव यदु विष्टले पनि असंबैधानिक कदमले सबै दलहरुको मुल्य मान्यतामा प्रहार गरेको समग्र राजनैतिक प्रणालीको विश्वासमै प्रहार भएकोले प्रतिगमन सच्याउन सबै हुनुपर्नेमा जोड दिए । समाजसास्त्री डा. गणेश क्षेत्रीले जनघाती कार्यको विरोधमा आवश्यक परे संयुक्त जनआन्दोलनका लागि पनि तयार हुन आग्रह गरे । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले लोकतन्त्र र विधिको शासनका लागि पत्रकार महासंघ कहिलै चुप नलाग्ने र नागरिक आन्दोलनमा सधै साथ दिने प्रतिबद्धता जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर