animated ellipse animated ellipse

विनायक स्काउट ट्रुपको दीक्षान्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ मंसिर २०८१, शनिबार १४:४९
315
Shares
विराटनगर / विराटनगर १२ मा रहेको विनायक वोर्डिङ स्कुलले नेपाल स्काउट विनायक स्काउट ट्रुपको दीक्षान्त गरेको छ ।

शनिबार स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि स्काउट ट्रुपको दीक्षान्त गरिएको हो ।

उक्त कार्यक्रममा ३४ जना स्काउट विद्यार्थीलाई सदस्यता र धवलागिरी ब्याचले दीक्षित गरेको विद्यालयका प्रिन्सिपल मिथलेश ठाकुरले बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउट राष्ट्रिय समितिका पूर्व तदर्थ समितिका संयोजक चन्दन कौशिक, स्कुलका प्रिन्सिपल मिथलेश ठाकुर, विराटनगर– १२ का वडाध्यक्ष सुर्यलाल यादव, पूवाञ्चल स्कुलका स्काउटका संयोजक अर्जुन श्रेष्ठलगायतले स्काउट ब्याच र स्कार्फ वितरण गरे ।

पछिल्लो समयमा समाजमा विभिन्न खालको विकृति बढोत्तरी हुदै गएकाले स्काउट साथै  खेलकुदको माध्यमबाट समाजलाई अनुशासित बनाउन विनायक स्कुलले खेलेको भूमिका प्रिन्सिपल ठाकुरले बताए ।

विनायक स्काउट ट्रुपका सदस्य सचिव प्रदिपकुमार विश्वासले प्रतिज्ञा ग्रणह गराए । स्काउटको माध्यमद्वारा विद्यार्थीलाई नैतिकवान, मर्यादित, चरित्रवान साथै समाज प्रति जिम्मेवार बनाउन विगत एक दशक भन्दा पहिलेदेखि विद्यालयमा स्काउट कक्षा सञ्चालन गरिएको साथै शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य रही आत्मारक्षा गर्न र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा सहयोग पुर्याउने स्कुलका प्रिन्सिपल ठाकुरले बताए ।

कार्यक्रम सञ्चालन राजाराम घिमिरेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर