animated ellipse animated ellipse

लागुऔषध सहित २ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ असार २०७७, बुधबार २०:२६
3
Shares
विराटनगर / सुनसरीको ईनरुवा नगरपालिका ३ महेन्द्र चोकबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ईनरुवा १० का ३० बर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अक्तर आलम रहेका छन् । आज को १० प १९९ नम्बरको मोटरसाईकलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट डाईलेक्स डिसी १० बोतल र स्पास्मो प्रोक्सिभन १ सय १४ क्याप्सुल फेला पारी बरामद गरिएको हो ।

विशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबैजना उपर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर