RUMPUM
animated ellipse animated ellipse

मायाघरका बृद्धबृद्धालाई नेशनलले खुवायो भोजन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० फाल्गुन २०७७, सोमबार २१:०१
342
Shares
इटहरी / नीजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको इटहरी र दमक शाखाले सोमबार बृद्धावृद्धाहरुलाई भोजन गराएर कम्पनीको ३४ औं वार्षिक उत्सव मनाएको छ ।

कम्पनीको इटहरी शाखाले इटहरी २ हवाई चोकमा रहेको मायाघरमा आश्रित १०० बढी वृद्धवृद्धा तथा बालबालिकाहरुलाई मिठो भोजन खुवाएको हो । कम्पनीको ३४ औं बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत सोमबार इटहरी २ हवाईचोकमा रहेको मायाघर नेपालमा पुर्नस्थापनाका लागि बस्दै आएका ३६ जना जेष्ठआमा बुबा, ९ जना बालबालिका, ११ जना अपाङ्ता र मानसिक सन्तुलन ठिक नभएका विभिन्न उमेर समुहका ४५ जना गरी १०२ जनालाई मिठो भोजन गराएको हो ।

जसको कोही छैन उसकै माया घर, जसको केही छैन उसैको माया घर भन्ने नाराका साथ २०७४ सालदेखि संञ्चालनमा आएको सामाजिक संस्था हो । मायाघरमा नेपालमा घरपरिवार समाजबाट अपहेलित भई मानसिक सन्तुलन ठिक नभएका अपांगता व्यक्तित्वहरुलाई पूर्नस्थापनाका लागि काम गर्दै आएको छ ।

सामाजिक उत्तरदायित्व अन्र्तगत कम्पनीले देशभर विभिन्न कार्यक्रम गरीरहेका बेला असाहय तथा मानसिक अवस्था कमजोर भएका सडकमा बेवारिसे अवस्थामा रहेर अपेहेलित जीबन गुजार्दै आएका व्यक्तिहरुलाई पुर्नस्थापनाका लागि काम गर्दै आएको र हाल सम्म सयौं ब्यक्तिले पूर्नजीवन पाएको मायाघरकी संञ्चालिका सुभद्रा प्याकुरेलले बताए ।
दैनिक खाना तथा भोजन गराउँन समस्या भइरहेको बेला मासुभात सहितको एक छाक खाना खुवाएर जुन कार्य गर्नुभएको छ । यसले हाम्रो अभियानलाई धेरै सहयोग पुग्नुका साथै यस्ता सामाजिक कार्यले हाम्रो अभियानलाई ठूलो बल पुगेको छ याकुरेलले बताइन् ।

यता कम्पनीको दमक शाखाले पनि रत्न जेष्ठ नागरिक वृद्ध आश्रममा आश्रित आमा बुबालाई खाना खुवाउँनुको साथै आश्रमलाई चामल र नगद सहयोग हस्तान्तरण गरेको छ ।कम्पनीको दमक शाखा प्रमुख सुमन राई,उर्लाबारी शाखा प्रमुख मोहन कडेललगायतको उपस्थितीमा भोजन गराउनुका साथै राहत हस्तान्तरण गरेका हुन् ।

मिठो भोजन बितरण कार्यक्रममा प्रदेश प्रमुख नरेन्द्र राई, इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठ, पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष एवं कम्पनीको केराबारी एजेन्सी कार्यालय प्रमुख किशन शाही,विराटचोक एजेन्सी कार्यालयका प्रमुख खगेन्द्र सूवेदी, झुम्का एजेन्सी कार्यालय प्रमुख ननुलाल चौधरी, व्यवसाय प्रबन्धक श्रीमति मिलन लिम्बु लगायतको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर