प्रदेश १ मा २ सय ९१ थपिए कोरोना संक्रमित, सवै भन्दा बढी विराटनगरमा १ सय २० संक्रमित

खबर पूर्वाञ्चल, १७ बैशाख २०७८, शुक्रबार १६:४१

विराटनगर / प्रदेश १ मा आज २ सय ९१ जना कोरोना संक्रमित थपिएका छन् । सवै भन्दा बढी प्रदेश १ को राजधानी विराटनगरमा १ सय २० संक्रमित थपिएका छन् ।

मोरङमा १ सय ५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरबाहेक लेटाङमा ९, सुन्दरहरैचामा ६, कटहरी, उर्लाबारी ग्रामथानमा ३–३, रंगेली र बुढीगंगामा २–२, मिक्लाजुङ, बेलबारी, सुनबर्षी, केराबारी र स्थानीय तह नखुलेको १–१, सुनसरीको धरानमा २०, इटहरीमा १८, इनरुवामा ७, बर्जु र देवानगञ्जमा ३–३, कोशी गाउँपालिका, गढी, भोक्राहानरसिंह र रामधुनीमा १–१, झापाको विर्तामोडमा १०, दमकमा ९, कनकाईमा ७, अर्जुनधारामा ६, भद्रपुरमा ५, शिवसताक्षी र मेचीनगरमा ४–४ गौरीगञ्ज र हल्दिबारीमा ३–३, कमल गाउँपालिका र झापा गाउँपालिकामा २–२, बुद्धशान्ति, बा¥हदशी र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङमा ३ र स्थानीय तह नखुलेको १, इलामको चुलाचुली, माई र सुर्योदयमा १–१, उदयपुरको उदयपुरगढीमा २, ते¥हथुममा १, भोजपुरमा १, पाँचथरमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ५१ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार १८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २ हजार १ सय ४१ पुगेको छ ।

प्रदेश १ मा आज ८ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ६ महिला र १ सय ८५ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५