बन्दाबन्दीको असर अन्तःशुल्कमा पनि देखियो

खबर पूर्वाञ्चल, ३ श्रावण २०७७, शनिबार १७:०७

मोहम्मद सदरुल
विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कुल छ अर्व ९५ करोड ७५ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा १० अर्व १२ करोड ५९ लाख दुई हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ३ अर्व १६ करोड ८३ लाख ३० हजार कम हो अघिल्लो वर्षको तुलनामा १५ करोड ५४ लाख १६ हजार मात्र कम राजस्व सङ्कलन भएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।

आर्थिक वर्ष २०७४/७५ मा ५ अर्व २१ करोड ३३ लाख २२ हजार र आर्थिक वर्ष २०७५/७६ मा  ७ अर्व १३ करोड ७८ लाख २४ हजार राजस्व सङ्कलन भएको थियो ।

तुलनात्मक रुपमा हेर्दा आर्थिक वर्ष २०७४/७५ को भन्दा १ अर्व ७४ करोड ४२ लाख ५० हजारले बढी राजस्व सङ्कलन भएको छ भने आर्थिक वर्ष २०७५/७६ को हिसाबले हेर्दा १५ करोड ५४ लाख १६ हजारले मात्र कमी राजस्व सङ्कलन भएको देखिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सङ्कलित राजस्वमा आयकर २ अर्व ६४ करोड ६४ लाख ५७ हजार, मूल्यअभिवृद्धि कर १ अर्व ८५ लाख ७३ लाख २३ हजार, अन्तःशुल्क १ दुई अर्व ४५ करोड २६ लाख ६२ हजार, स्वास्थ्य कर ६१ हजार, शिक्षा कर  १० लाख ६९ हजार छन् । आयकरमा गएको वर्षभन्दा १७ प्रतिशत, मूल्य अभिवृद्धि करमा ३५ प्रतिशत प्रगति गरेको छ भने अन्तःशुल्कमा २८ प्रतिशत नोक्सान भएपनि समग्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा दुई प्रतिशत मात्र कमीले राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सापकोटाले बताए ।

नेपाल सरकारले गएको चैत ११ गते बाट घोषणा गरेका बन्दाबन्दीको प्रभाव सबैभन्दा बढी अन्तःशुल्कमा परेको देखिएको छ भने जसले गर्दा लक्ष्य हासिल गर्न नसकेको हो ।

बन्दाबन्दीले आयात निर्यात ठप्प हुनु, उद्योग व्यापार बन्द हुनु र स्वदेशमा भएको उद्योग धन्दा नचल्नु, निर्माणका कामहरु रोकिनुले पनि राजस्वमा असर परेका तथापि कार्यालयले राजस्व सङ्कलनमा दिनरात खटेर, अनुगमन गरेर राजस्व सङ्कलनमा जोड दिएको प्रमुख सापकोटाको भनाई छ ।
अघिल्लो वर्षमा कार्यालय मातहतमा ९६ हजार ५०८ करदाता रहेकोमा भ्याट दर्ता सङ्ख्या सात हजार ५३४ आयकर दर्ता सङ्ख्या ४८ हजार १९२ र व्यक्तिगत स्थायी लेखा नम्वर लिएका सङ्ख्या ४८ हजार ३१६ रहेको थियो ।

अहिले यस कार्यालयले मोरङको विराट चोक र पथरीमा आफ्ना सेवा कार्यालय विस्तार गरी त्यस क्षेत्रका जनतालाई सेवा र सुविधामा पहुँच पु¥याउने काम गरेको छ भने यसबाट त्यस क्षेत्रका जनतालाई सदरमुकाम आउने झन्झटबाट मुक्त हुने विश्वास प्रमुख सापकोटाले व्यक्त गरे ।

मोहम्मद सदरुल
विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कुल छ अर्व ९५ करोड ७५ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा १० अर्व १२ करोड ५९ लाख दुई हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ३ अर्व १६ करोड ८३ लाख ३० हजार कम हो अघिल्लो वर्षको तुलनामा १५ करोड ५४ लाख १६ हजार मात्र कम राजस्व सङ्कलन भएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।

आर्थिक वर्ष २०७४/७५ मा ५ अर्व २१ करोड ३३ लाख २२ हजार र आर्थिक वर्ष २०७५/७६ मा  ७ अर्व १३ करोड ७८ लाख २४ हजार राजस्व सङ्कलन भएको थियो ।

तुलनात्मक रुपमा हेर्दा आर्थिक वर्ष २०७४/७५ को भन्दा १ अर्व ७४ करोड ४२ लाख ५० हजारले बढी राजस्व सङ्कलन भएको छ भने आर्थिक वर्ष २०७५/७६ को हिसाबले हेर्दा १५ करोड ५४ लाख १६ हजारले मात्र कमी राजस्व सङ्कलन भएको देखिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सङ्कलित राजस्वमा आयकर २ अर्व ६४ करोड ६४ लाख ५७ हजार, मूल्यअभिवृद्धि कर १ अर्व ८५ लाख ७३ लाख २३ हजार, अन्तःशुल्क १ दुई अर्व ४५ करोड २६ लाख ६२ हजार, स्वास्थ्य कर ६१ हजार, शिक्षा कर  १० लाख ६९ हजार छन् । आयकरमा गएको वर्षभन्दा १७ प्रतिशत, मूल्य अभिवृद्धि करमा ३५ प्रतिशत प्रगति गरेको छ भने अन्तःशुल्कमा २८ प्रतिशत नोक्सान भएपनि समग्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा दुई प्रतिशत मात्र कमीले राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सापकोटाले बताए ।

नेपाल सरकारले गएको चैत ११ गते बाट घोषणा गरेका बन्दाबन्दीको प्रभाव सबैभन्दा बढी अन्तःशुल्कमा परेको देखिएको छ भने जसले गर्दा लक्ष्य हासिल गर्न नसकेको हो ।

बन्दाबन्दीले आयात निर्यात ठप्प हुनु, उद्योग व्यापार बन्द हुनु र स्वदेशमा भएको उद्योग धन्दा नचल्नु, निर्माणका कामहरु रोकिनुले पनि राजस्वमा असर परेका तथापि कार्यालयले राजस्व सङ्कलनमा दिनरात खटेर, अनुगमन गरेर राजस्व सङ्कलनमा जोड दिएको प्रमुख सापकोटाको भनाई छ ।
अघिल्लो वर्षमा कार्यालय मातहतमा ९६ हजार ५०८ करदाता रहेकोमा भ्याट दर्ता सङ्ख्या सात हजार ५३४ आयकर दर्ता सङ्ख्या ४८ हजार १९२ र व्यक्तिगत स्थायी लेखा नम्वर लिएका सङ्ख्या ४८ हजार ३१६ रहेको थियो ।

अहिले यस कार्यालयले मोरङको विराट चोक र पथरीमा आफ्ना सेवा कार्यालय विस्तार गरी त्यस क्षेत्रका जनतालाई सेवा र सुविधामा पहुँच पु¥याउने काम गरेको छ भने यसबाट त्यस क्षेत्रका जनतालाई सदरमुकाम आउने झन्झटबाट मुक्त हुने विश्वास प्रमुख सापकोटाले व्यक्त गरे । रासस

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५