AArya
RUMPUM
animated ellipse animated ellipse

जेभियर्सले गर्यो कक्षा १२ का विद्यार्थीलाई विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० जेष्ठ २०७९, सोमबार ०९:११
3
Shares
विराटनगर / बुढीगंगा २ टङ्किसिनुवारीमा रहेको जेभियर्स इङ्गलिस स्कूलले कक्षा १२ को बार्षिक परिक्षा दिएका प्रथम ब्याचका विद्यार्थीहरुलाई विदाइ गरेको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी विदाई गरेको हो। विदाई कार्यक्रममा कक्षा १२ को आन्तरिक परिक्षामा विभिन्न स्थान प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार वितरण समेत गरिएको थियो।

विद्यालयका प्राचार्य परेश पोखरेलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि बुढिगङगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर, विद्यालयका संस्थापक सदस्यहरु सरिताकुमारी राना मगर, रेवन्त श्रेष्ठ, तुलसी खतिवडा,जनक ढकाल, चन्द्रमणि रिजाल विद्यार्थीहरुलाई शुभकामनाका साथै उज्ज्वल भविष्यको कामना गर्दै विदाई गरे ।

बुढीगंगा गाउँपालिकामा संस्थागत विद्यालयतर्फ कक्षा १२ सम्म सञ्चालित पहिलो विद्यालयमा विराटनगरका ख्यातिप्राप्त कलेजका प्राध्यापकहरु द्वारा अध्यापन हुँदै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर