AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ को तीन जिल्लाबाट २ सय ५३ जनाको सडक आश्रित मानवहरु उद्दार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ पुष २०७७, शनिबार १८:१७
477
Shares
विराटनगर / प्रदेश १ को तीन जिल्लाबाट २ सय ५३ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार गरिएको छ ।

सामाजिक विकास मन्त्रालय, स्थानीय तह तथा मानव सेवा आश्रमसँगको सहकार्यमा मोरङ, सुनसरी र झापाबाट उनीहरुको उद्दार गरिएको हो । झापा, मोरङ र सुनसरीमा सहयोगापेक्षी सडकआश्रित मानवहरु अव सडकमा नदेखिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । सडक मानवको उद्धारकार्य जटिल भएको उनले बताए ।

आगामी बैशाख भित्रमा सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिसकिने प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले मानव सेवा आश्रम, स्थानीय तहसँगको सहकार्यमा उद्धार कार्य निरन्तर रुपमा गर्दै आएको छ ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले मानव सेवा आश्रमको अभियानका कारण सडक आश्रितहरुको व्यवस्थापनमा सहज भएको बताए ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मेचीबाट शुरु भएको अभियान महाकालीमा माघ ७ गते सम्पन्न हुने बताए । उनले आगामी २०८२ भित्रमा नेपाललाई शारिरीक तथा मानसिक रुपमा अस्वस्थ भई खुला आकाशमुनी रात विताउन विवश घरबार विहिन, बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरु रहित राष्ट्र नेपाल निर्माण गरिने बताए ।

मानव सेवा आश्रमले पुस ७ गतेदेखि शुरु भएको मेची–महाकाली अभियान अन्र्तगत झापाबाट ७६, सुनसरीबाट १ सय ११ र मोरङबाट ६६ जनाको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उद्धार गरिएका मध्ये १९ जना बालबालिका र १ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् ।

उद्धार गरिएका ९ जना बालबालिकालाई काठमाण्डौं पठाईएको र बाँकीलाई इटहरीमा राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उद्धार गरिएकाहरुमा ५ देखि ८० बर्ष उमेर समूहका रहेको मानव सेवा आश्रम प्रदेश १ संयोजक नवराज केसीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर