AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेशबाट सबै प्रकारका महिला हिंसा नियन्त्रण गरिने –मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ मंसिर २०८२, आईतवार १८:४२
90
Shares
रंगेली/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लैङिक हिसा नियन्त्रण गर्न आवश्यक कानुन निर्माण गर्ने बताएका छन् ।

रंगेली नगरपालिकाले आज रंगेलीमा आयोजित ३४ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान –२०२५ अन्र्तगत एक दिने किशोरी स्वास्थ्य परामर्श मेलाको उद्घाटन गर्दै उनले आगामी दिनमा प्रदेशमा सबै प्रकारको महिला हिंसा नियन्त्रणका लागि प्रदेश सभाबाट आवश्यक कानुन निर्माण गर्ने जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले महिला हिंसा घृणित कार्य हो भन्ने सबै पुरुषले संकल्प गरेमा समाजबाट यो नियन्त्रण हुने बताए । उनले किशोरीहरुको महिनावारी वढ्दो उमेरसँगै यो प्राकृतिक प्रकिया भएकोले त्यसबेला परिवारका अभिभावकहरुले पोसिलो खाना, हौसला प्रदान एवं स्वास्थ्य सम्वन्धी जानकारी दिनु पर्ने बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले विद्यालय, कलेजवाट लागु पदार्थ दुव्र्यसन मुक्त , विद्यार्थीलाई नैतिकवान बनाउनु र समाजलाई चरित्रवाट बनाउन ‘ म अघि वढ्छु’ अभियानलाई दिगो र स्थायी बनाउन कानून निर्माण गरी सबै पालिकाहरुलाई सहभागी गराउने बताए ।

कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले समाजबाट महिला हिंसा नियन्त्रयण गर्न सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

रंगेली नगरपालिकाका प्रमुख दिलीप अग्रवाल (वगडिया), उपप्रमुख झुमाकुमारी निरौला, लेटाङ्ग नगरपालिकाका उपप्रमुख कृष्णकुमारी पोखरेल निरौला, गैरसरकारी संस्था महासंघ मोरङ अध्यक्ष विष्णु शर्मा पन्तलगायतले समाजमा छोरा छोरी वीच हुने भेदभाव र महिला हिंसा नियन्त्रणमा हामीसबैले आफ्नो क्षेत्रबाट कार्य गर्नुपर्ने बताए ।

मेलामा रंगेली नगरपालिकाका १३ सामुदायिक र सात संस्थागत र स्वास्थ्य संस्थाहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर