AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

काव्यारोहणमा गुञ्जिए सुमन पोखरेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ फाल्गुन २०७८, शनिबार १८:३६
162
Shares
विराटनगर / काव्यारोहण, आरोहण कविता यात्राको आठौं अनुक्रममा कवि सुमन पोखरेलले आफ्ना डेढ दर्जन कविता सुनाएका छन् ।

आरोहण गुरुकुलको सुशीला कोइराला नाटक घरमा आज भएको कार्यक्रममा पोखरेलले विष्मयाधिबोधक, आकाशबाट, हरेक विहान, खोरम्पा, तिमी जसरी छ्यौ, क्षितिजको रङ्ग लगायत १८ वटा कवितावाचन गरेकाहुन् ।

आरोहण–गुरुकुल विराटनगरले २०७७ मंसिरबाट महिनाको पहिलो शनिबार कविता यात्रा गर्दै आएको छ । केहि महिनामा कार्यक्रम कोरोना महामारीले प्रभावित गरेपछि दुई महिना अघिदेखि पुनः सुरु गरिएको आरोहण, विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । यस पटक कवि, गीतकार, नाटककार, अनुवादक तथा कलाकारका रुपमा स्थापित पोखरेललाई काव्यारोहणको आठौं अनुक्रममा निम्त्याइएको कार्यक्रमका संयोजक धीरज राईको भनाइ छ ।

कविता वाचनपछि कवि पोखरेललाई प्राज्ञ विवश पोखरेलले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने अध्यक्ष क्षेत्रीले आरोहण काव्य–सम्मान प्रदान गरेका थिए । वि.सं.२०२४ सालमा विराटनगरमा जन्मिएका पोखरेलले नेपालीका अतिरिक्त अङ्ग्रेजी, मैथिली, हिन्दी, संस्कृत, उर्दु र बंगाली भाषामा कलम चलाएका छन् । उनका दर्जनौं रचना विभिन्न देशबाट प्रकाशित समेत भएका छन् ।

काव्यारोहणमा यसअघि वैरागीकाइँला, तुलसी दिवस, बम देवान, मोमिला, मनप्रसाद सुब्बा, तीर्थ श्रेष्ठ र कुन्ता शर्मा प्रस्तुत भइसकेका छन् । काव्यारोहणमा टिकट काटेर कविता सुन्न विराटनगरसहित पूर्वी नेपालका विभिन्न क्षेत्रबाट मानिसहरु आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर