खबर पूर्वाञ्चल
एक्स्पोमा दिउँसो कृषिजन्य र औधोगिक उत्पादनको कारोवार उल्लेख्य हुने गरेको र साँझ सांगितिक कार्यक्रमले दर्शक मोहित हुने गरेका छन् ।
संघको ११ दिने एक्स्पो २०२३ को पाँचौ दिन आज साँझसम्म ७ करोड भन्दावढीको कारोवार भएको छ । एक्स्पोमा कृषिजन्य र औधोगिक उत्पादन देखि भान्सारका सामानको स्टलमा उपभोक्ताको भीड बढ्दो छ ।
पाँचदिनमा ८० हजार भन्दावढीले एक्स्पोको अवलोकन गर्दा ७ करोड भन्दावढीको कारोवार भएको व्यापार संघका अध्यक्ष नविन रिजालको बताए । एक्स्पोका दुई सय ५० वटै स्टलमा उपभोक्ता र सर्वसाधारणको उल्लेख्य भीड छ । रिजालले भने अहिलेको शिथिल आर्थिक अवस्थामा एक्स्पोले केहीहदसम्म आर्थिक चलखेल बढाएको छ ।
विराटनगर २ शंकरपुरमा सञ्चालीत एक्स्पोमा औधोगिक उत्पादन सहित कृषि उपज र भान्सारका सामानमा भीड बढी छ । अन्य औधोगिक उत्पादनको बजार प्रबद्धन भएको छ । रिजालले भने ठुला औधोगिक उत्पादनको यहाँ बजार प्रबद्धन भने अकल्पनीय भइरहेको पाइएको छ । उनका अनुसार एक्स्पोले शिथिल रहेको सुनसरी मोरङ औधोगिक क्षेत्रको आर्थिक कारोवार चलायमान वनाएको छ ।
व्यापार रणनीति अन्तरगत पहिचान गरिएका प्रदेशका कृषि उत्पादन, अन्तर प्रादेशिक व्यापार संभावन र सेवालाई अन्तराष्ट्रिय बजार विस्तार गर्ने एक्स्पोको लक्ष्य छ । एक्स्पोले आर्थिक गतिविधि शिथिल भइरहेको समयमा आर्थिक क्षेत्रमा उर्जा दिने अपेक्षा गरिएको उल्लेख गर्दै एक्स्पोका संयोजक अनिल साहले भने स्वदेशी र विदेशी उत्पादनहरुको व्यापार अकर्षण बढाउने उधेश्यले एक्स्पोलाई क्रिसमस र अंग्रेजी नयाँ वर्षको फेस्टिल मुभमेन्टका रुपमा पनि आयोजना गरिएको हो ।
११ दिन चल्ने यो एक्स्पो चारलाखले अवलोकन गर्ने र करिव १५ करोडको कारोवार हुने विश्वास आयोजकले गरेको छ । एक्स्पोमा स्वदेशी सहित भारत, पाकिस्तान, बंगलादेश औधोगिक उत्पादन, कृषि उत्पादन, सवारी साधन, व्यापारीक साधन र घरेलु वस्तुका दुईसय ५० वटा स्टल राखिएका छन । एक्स्पोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।