पूर्वाञ्चल खबर

उत्कृष्ट विद्यार्थीहरुलाई बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापामगर, विद्यालयका प्रिन्सिपल परेश पोखरेल, प्याब्सन मोरङका अध्यक्ष जगत वस्नेतलगायतले सम्मानित गरे। सोही अवसरमा दोश्रो सुटिङ बल विश्वकप प्रतियोगितामा नेपाललाई रजत पदक दिलाउने कक्षा १२ की प्रमिशा श्रेष्ठ र राष्ट्रपति खेलकुद प्रतियोगिता २०८१ म कराँते खेलमा उत्कृष्ट प्रदर्शन गर्ने पुष्पराज योक्पाङ्गदेनलाई पनि सम्मानित गरिएको थियो ।
कार्यक्रममा बुढीगंगा गाउँपालिका अध्यक्ष जीतनारायण थापामगरले गाउँपालिका भित्रको शिक्षामा सुधार भएको बताए । उनले शिक्षामा स्वस्थ प्रतिष्पर्धा आवस्यक रहेको बताए। विद्यालय र अभिभावकवीच राम्रो समन्वय हुन सके शिक्षामा धेरै सुधार हुने उनको भनाई छ ।
प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले जेभियर्स स्कुलले सीपयुक्त शिक्षा दिएको बताए। अध्ययनसँगै विद्यार्थीमा सीप पनि आवस्यक रहेको उनले बताए। विद्यालय प्रगतिपथमा रहेको उनले बताए।
स्कुलका प्रिन्सिपल परेश पोखरेलले कक्षा नर्सरीदेखि १२ सम्म अध्ययनका लागि बुढीगंगा छाडेर अन्यत्र जानु नपर्ने बताए । उनले बुढीगंगा भित्र जेभियर्सले उत्कृष्ट शिक्षा दिईरहेको दावी गरे। स्कुलका हरेक विद्यार्थी हरेक विधामा उत्कृष्ट रहेको बताए । शिक्षासँगै सीप पनि विद्यालयले दिईरहेको उनले बताए।
स्कुलकी अध्यक्ष सरिताकुमारी राना मगरले गुणस्तरिय शिक्षाका लागि स्कुलले अहोरात्र काम गरिरहेको बताइन्। शिक्षक, अभिभावक, विद्यार्थी सवैको सहयोगका कारण विद्यालयले शैक्षिक उपलब्धी हाँसिल गर्न सफल भईरहेको उनले बताइन्।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायनलगायतका विभिन्न विधामा प्रस्तुती दिएका थिए । जेभियर्स स्कुलमा नर्सरीदेखि कक्षा १२ सम्म ९५० विद्यार्थी अध्ययनरत छन् ।