AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको एभरेष्ट स्कुल अन्तर कक्षा पौडी प्रतिष्पर्धा सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ भाद्र २०८२, बिहीबार १८:५६
90
Shares
विराटनगर / विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा हिजोदेखि सुरु भएको अन्तर कक्षा पौडी प्रतियोगिता आज सम्पन्न भएको छ ।

आज भएका विभिन्न स्पर्धाहरुमा अब्बल खेल्दै कक्षा ९ का धावा तामाङले उत्कृष्ट प्रस्तुति देखाए । धावाले करिब आधा दर्जन इभेन्ट प्रथम हुँदै उत्कृष्ट खेलाडीको उपाधि समेत प्राप्त गरे । यस्तै कक्षा ८–१० को समूहबाट छात्रा तर्फ धावा र छात्रा तर्फ कक्षा ९ कै अभिलाशा भगत उत्कृष्ट खेलाडी भएका हुन् ।

आज सम्पन्न कक्षा ८–१० समूहको स्पर्धाहरुमा ५० मिटर बटरफ्लाई, ५० मिटर ब्रेस्टस्ट्रोक, ५० मिटर फ्रि स्टाइल र १०० मिटर फ्री स्टाइलका चार स्पर्धामा धावा प्रथम हुँदा ओनस प्रधान दित्तिय र सिद्धार्थ तामाङ तृतीय भए।

्५० मिटर ब्याकस्ट्रोकमा कृतक बर्तौला प्रथम, ओनस प्रधान दित्तिय र सुज्ञान कोइराला तृतीय भए। २५ मिटर फ्रि स्टाइल खुलामा आयन गुरागाईं प्रथम, रुपक दाहाल दित्तिय र ऋदन मास्के तृतीय भए।

१०० मिटर आई एममा ओनस प्रधान प्रथम हुँदा सुज्ञान कोइराला दित्तिय र सिद्धार्थ तामाङ तृतीय भने ५० मिटर फ्रिस्टाइलमा हर्षित प्रताप सिंह प्रथम, स्वर्णिम कार्की दित्तिय र हर्शिभ राठी तृतीय भए।

५० मिटर ब्याकस्ट्रोकमा कृतक बर्तौला प्रथम, ओनस प्रधान दित्तिय र सुज्ञान कोइराला तृतीय हुनुभयो । १०० मिटर फ्रिस्टाइल खुलामा अथर्व अर्याल प्रथम, रुद्र शर्मा दित्तिय र मनसुन कार्की तृतीय भए।

५० मिटर बटरफ्लाईमा आरभ थापा प्रथम, माधव खण्डेवाल दित्तिय र आदित्य साह तृतीय भए। यस्तै कक्षा ६ देखि १० सम्मको समूहबाट २०० मिटर रिलेमा धावा तामाङ, अथर्व अर्याल, मनसुन कार्की र आरोग्य श्रेष्ठको समूह प्रथम हुँदा जिग्सन तामाङ, स्वर्णिम कार्की, अभिलाशा भगत र प्रत्युष श्रेष्ठको समूह दित्तिय तथा सिद्धार्थ तामाङ, रेहान अन्सारी आश्ना कटुवाल र आरध्य पाण्डेको समूह तृतीय भएको विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताइन्।

यसैगरि कक्षा ८ देखि १० को छात्रा तर्फ १५ मिटर फ्रिस्टाइलमा सुप्रभा कट्टेल प्रथम, केन्जल गुरागाईं दित्तिय र मिसेल श्रेष्ठ तृतीय हुनुभयो । २५ मिटर फ्रि स्टाइलमा अभिलाशा भगत प्रथम, श्वेस्ना कर्ण दित्तिय र मानस्वी कोइराला तृतीय भए।

अन्तर कक्षा पौडी प्रतियोगिता अन्तर्गत कक्षा ६ र ७ को समूहबाट १०० मिटर फ्रि स्टाइलमा छात्र तर्फ जिग्सन तामाङ प्रथम, पुरब तिम्सिना दित्तिय र आरध्य पाण्डे तृतीय भए। सोहि कक्षाको ५० मिटर फ्रि स्टाइलमा आरभ यादव प्रथम, आदर्श ढुङ्गेल दित्तिय र रेहान यादव तृतीय भए।

२५ मिटर फ्रिस्टाइलमा अनुभव दाहाल प्रथम, आदित्य कुमार साह दित्तिय र स्पन्दन चौधरी तृतीय भए। आई १०० मिटरमा जिग्सन तामाङ प्रथम, पुरब तिम्सिना दित्तिय र आरध्य पाण्डे तृतीय भए।

कक्षा ६ र ७ को समूहबाट छात्र तर्फ जिग्सन तामाङ उत्कृष्ट खेलाडी बन्दा छात्रा तर्फ आस्ना कटुवाल बन्नुने। विजयी खेलाडीहरुलाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले ट्रफी तथा मेडल वितरण गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर