animated ellipse animated ellipse

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ आश्विन २०८०, सोमबार १९:०१
117
Shares
फाइल तस्वीर
विराटनगर / कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् ।

गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने काम केही राजनीतिक दलको केन्द्रीय नेतृत्वबाटै भएको आरोप लगाएका हुन् ।

प्रदेशसभाले राखेको नामको विपक्षमा केन्द्र सरकारका मन्त्री र सत्तारुढ दलका नेताहरुले अभिव्यक्ति दिएको र त्यसले आन्दोलनमा आगोमा घिउ थप्ने काम गरेको उनको भनाइ छ ।

उनले नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै नामकरणमा मतदान गर्दा गल्ती भयो भन्ने लागे पनि बाहिर भन्न नमिल्ने बताए । ‘तर सम्माननीय व्यक्तिबाट भनिएको छ, राष्ट्रिय राजनीतिक पार्टीका, नेपालको सत्तारुढको नेतृत्व गरेको पार्टीले भनिरहेको छ’, मुख्यमन्त्री कार्कीले भने, ‘मन्त्रीहरु बोलेर हिँडरहनुभएको छ, उहाँहरुलाई अधिकार छ कि छैन प्रदेशले गरेको निर्णयमा तिमीले गरेको नामकरण गलत भयो भन्ने ?’ पहिचानको आन्दोलनको नाममा नेकपा एमालेलप्रति मात्र लक्षित गरिएको मुख्यमन्त्री कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर